काठमाडौं । एमाले र माओवादीले मन्त्रालय भागवण्डा टुंगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहिबार भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएका हुन् । भागवण्डा अनुसार एमालेले १० मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले ७ मन्त्रालय पाउने भएको हो ।
एमालेले अर्थ, परराष्ट्र सूचना तथा संचार, भौतिक योजना तथा यातायात मन्त्रालय राखेको छ भने माओवादीले गृह मन्त्रालयसहित उर्जा, उद्योग, शहरी विकास मन्त्रालय पाउने भएको छ ।
एमालेले पाउने मन्त्रालय:
१ अर्थ तथा योजना
२ परराष्ट्र
३ रक्षा
४ भौतिक पूर्वाधार तथा यातायात
५ संघीय मामिला तथा सामान्य प्रशासन
६ सूचना सञ्चार
७ कानुन, न्याय तथा संसदीय मामिला
८ पर्ययन
९ शिक्षा तथा खेलकुद
१० स्वास्थ्य तथा जनसंख्या
माओवादीले पाउने मन्त्रालय :
१ गृह
२ जलस्रोत तथा ऊर्जा
३ उद्योग, वाणिज्य तथा आपूर्ति
४ शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
५ वन तथा वातावरण
६ कृषि, सहकारी तथा भूमि व्यवस्थापन
७ श्रम तथा रोजगार तथा महिला बालवालिका