• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश ३ का जनताको भरोसा टुट्न दिन्न : मुख्यमन्त्री पौडेल 

kharibot

हेटौंडा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो काँधमा निकै ठुलो जिम्मेवारी आएको र उक्त जिम्मेवारीलाई निर्वाह गर्न आफू दिनरात नभनी लागिपर्ने बताएका छन् । प्रदेश नम्बर ३ का जनताले गरेको भरोसालाई आफुले टुट्न नदिने भन्दै मुख्यमन्त्री पौडेलले हामीले सोचे अनुसारको समृद्ध नेपाल निर्माणको लागि प्रदेश सरकार लागि पर्ने धारणा व्यक्त गरेका हुन् ।

आज हेटौँडामा मनद भण्डारी फाउण्डेसनले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले उक्त विचार व्यक्त गरेका हुन् । मदन भण्डारी पाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य मन्त्री पौडेल सहित राष्ट्रियसभा सांसद रामचन्द्र राई, प्रदेशसभा सांसदहरु प्रेमबहादुर पुलामी, मुनु सिग्देल, ओम घलानलाई सम्मानपत्र प्रदान गरिएको थियो भने फाउण्डेसनमा रहेर जनप्रतिनिधि भएका पदाधिकारी तथा सस्यहरुलाई समेत कदरपत्र दिइएको थियो ।

जननेता मदन भण्डारीको योगदानलाई कहिल्यै पनि भुल्न नसकिने बताएका छन् । आफुहरु स्वर्गिय भण्डारीले देखाएको बाटोमा हिडने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रममा बोल्दै उनले भण्डारीको योगदानलेनै आज मुलुक यो अवस्थामा आएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै