• २०८१ बैशाख २७ बिहीबार

राजधानीमा आगामी चैत २ देखि 'मेड इन नेपाल' प्रदर्शनी हुने 

kharibot

काठमाडौं । आगामी चैत २ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी हलमा ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रर्दशनी २०७४’ हुने भएको छ । नेपाली यूवा उद्यमी मञ्च तथा राइजिङ नेपाल प्रा.ली र माईस इन्टरनेशनल प्रा.लिको व्यवस्थापनमा आयोजना हुन लागेको उक्त महत्सवले नेपाली उत्पादनको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य राखेको छ । 

नेपाली यूवा उद्यमी मञ्चले चाथौँ पटक यो प्रर्दशनी गर्न लागेको हो । नेपाली कर्मठ हातहरुबाट उत्पादित नेपाली सामाग्री तथा सेवाहरु प्रवद्र्धन गर्नु नै यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जानकारी दिएको छ । आफ्नै देशमा उत्पादित गुणस्तरिय सामानहरू तथा सेवाहरुको प्रयोग गराउन उत्प्रेरित गर्ने उदेश्यले आयोजना हुने प्रदशनीले नेपालीे वस्तु तथा सेवाहरूको प्रवद्र्धन तथा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धेरै प्रकारका नेपाली उत्पादनहरु तथा सेवाहरुलाई एउटै छानामुनी ल्याएर अवलोकनकर्तालाई देखाउनु र प्रर्दशकहरुका बिचमा व्यवसाय बिस्तारमा सहयोग पु¥याउनु  प्रदर्शनीको अर्को उद्देश्य रहेको संस्थाले बताएको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी आगन्तुकहरूले निशुल्क प्रवेश र अवलोकनगर्न पाउनुहुनेछ । यस प्रदर्शनीमा निःशुल्क प्रवेश गर्न पाइने छ । प्रदर्शनीमा लगभग एक सय ५० भन्दा बढी स्वदेशी प्रदर्शकहरुले भाग लिने बताइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै