राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

खरीबोट
ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु तीन लाख दिइने घोषणा गरेका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने बताइएको छ । 

प्रधानमन्त्री ओलीले शनिबार नेपाली खेलाडी वल्र्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बिदाइसहित रकम हस्तान्तरण गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि खेलाडी र प्रशिक्षकलाई रु एक एक लाख दिइने घोषणा गरे । 

सम्बन्धित समाचार

अफगानिस्तानको आज टेस्ट क्रिकेटमा डेभ्यु, भारतले टस जितेर ब्याटिंग गर्दै  

काठमाडौं । अफगानिस्तानले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा आज डेभ्यु गर्दै छ । भारतविरुद्ध भारतको बेन्गलुरुस्थित चिन्नास्वामी स्टेडियममा आज पहिलो टेस्ट खेल्न लागेको हो । गत जुनमा आसीसीबाट टेस्ट क्रिकेटको मान्यता पाएपनि अफगानिस्तानले

प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरी टिमले जित्यो 

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको टिमले जितेको छ । आज भएको फाइनलमा नेपाल आर्मीको टिमलाई ६ विकेटले पराजित गर्दै सशस्त्र प्रहरीले उपाधि जितेको हो ।  आर्मीले दिएको २१० रनको

इङल्याण्डविरुद्ध स्कटल्याण्डको सनसनीपूर्ण जित  

काठमाडौँ । खेलमा कहिले काँही असम्भव मानिएका घटना हुने गर्दछन् । क्रिकेटमा आइतबार दुई यस्ता ठुला घटना अर्थात् उलटफेर भए ।  महिला तर्फको एशिया कपमा बंगलादेशको महिला टिमले भारतलाई फाइनलमा पराजित

प्रधानमन्त्री कप क्रिकेटको फाइनल आज, उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब भिड्ने भएका छन् । राष्ट्रिय खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी क्लब