एक साताभित्र पार्टी एकीकरण : नेता नेपाल

खरीबोट
ad

रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीच पार्टी एकीकरण हुने बताएका छन् । 

रौतहटको गौरमा आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले तराईको विकासको लागि पहिलो प्राथमिकतामा रहेको हुलाकी राजमार्ग, काठमाडौँ तराई जोड्ने फाष्टट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बृद्धको जन्मभूमि लुम्बिनीमा विमानस्थलको निर्माण कार्य तीव्र गतिमा निर्माण गरिने बताए । 

उनले प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई अबिर, फुलमालासहित सम्मान गरेका थिए । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका व्यक्तिलाई नेता नेपालले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

सम्बन्धित समाचार

पार्टी एकता चाँडो गर्ने विषयमा नेपाल र प्रचण्डबीच छलफल

काठमाडौँ । नेकपा एमाले का नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ ।  ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा

किम र मुनको वार्ताले त्रासपूर्ण वातावरण हट्यो : वरिष्ठ नेता नेपाल

रुकुम । नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण

एकताका लागि प्राविधिक विषय मिलाउन बाँकी

रुकुम । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले र नेकपा माओवादी केन्द्र बीच एकताका लागि धेरै काम सम्पन्न भइसकेको र केही प्राविधिक विषय मिलाउनुपर्ने भएको बताएका छन् ।  रुकुम पश्चिमको चौरजहारीमा

पुनःनिर्माणमा सरकार गम्भीर हुनुपर्छ : नेता नेपाल

काठमाडौँ । नेकपा एमाले का नेता माधवकुमार नेपालले भूकम्प पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताएका छन् ।  पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा आज उनले भने – ‘जुन गतिमा भूकम्पपछिको