• २०८१ बैशाख २७ बिहीबार

सरकार गठनको दाबि बोकेर ओली र प्रचण्ड शितलनिवास जादै

kharibot

काठमाडौँ । सरकार गठनको दाबि बोकेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहिबार विहान शितलनिवास जादैछन् ।
बिहान ९ बजे ओली र प्रचण्डसहितका नेताहरु पत्र लिएर राष्ट्रपति कार्यालय जाने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ९ बजे नै मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मन्त्रिपरिषद् लगत्तै राजीनामा दिने तयारी छ।

संविधानको धारा ७६ को व्यवस्था अनुसार एकल बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्रीको पहिलो दाबेदार रहनेछन् । हालको अवस्थामा कुनै पनि दलको एकल बहुमत नभएको अवस्थामा एकभन्दा बढी दलबाट बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री चयन हुने व्यवस्था छ । 

यसअघि वाम गठबन्धनको बुधबारको बैठकले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री चयनका लागि दावी पेश गर्ने निर्णय गरेको थियो । एमाले स्थायी समिति बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै