पाल्पा रिब्दीकोटका दलित समुदाय बाँसका सामाग्री बनाउनबाट विस्थापित

खरीबोट

फाइल तस्विर । 

ad

पाल्पा । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । 

घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् । बजारको उचित व्यवस्था नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन नसक्दा पेशाबाट सिंगो समुदाय नै विस्थापित भएको स्थानीय बासिन्दा पदम विश्वकर्मा बताउँछन् । 

‘बाँसका सामान बोकेर गाउँ चाहार्न निकै सास्ती हुन्छ, बाँसका सामान बेच्नका लागि बजार छैन’, ५९ वर्षीय रनवीर विश्वकर्माले दुखेसो पोखे । बाँसका सुपो नाङ्लो, डाला, मान्द्रालगायत वस्तु बुन्दै आएपनि बजारको समस्या रहेको उनको भनाइ छ । 

‘बालबालिका यही पेशामा काम गरी हुर्काइयो, अहिले मासिक रु १५ हजार आम्दानी गर्नसमेत गाउँ चाहार्नु पर्छ, कहिले आम्दानी हुन्छ, कहिले हुँदैन,’ विश्वकर्माले भने । पहिले १३ घरले बाँसका सामान बनाउने काम गरेपनि अहिले आफूले मात्र यो पेशालाई निरन्तरता दिएको जानकारी दिए । 

बाँसका सामग्री बनाउन बढी समय लाग्ने र काम बढी जोखिमको भएकाले युवा पुस्ताको आकर्षक पेशाका रुपमा स्थापित हुन सकेको छैन । बजारमा मेसिनद्वारा बनेका सामानका कारण सस्तो मूल्यमा प्लास्टिकका सामान पाइन्छन् । 

उनीहरु बाँसका सामग्रीले बजार पाउन समस्या झेल्न बाध्य हुँदै आएका छन् । ‘चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन्, दलित बस्तीमा आउने गरेपनि चुनाव सकिएपछि मुखमा समेत हेर्दैनन्,’ स्थानीय बासिन्दा रनवीर विश्वकर्माले बताउनुभयो । काम नगरी खान नै पाइँदैन, बाँसका चोया बनाउँदै उनले भने, ‘भोट दिए पनि हाम्रा बस्तीमा विकास भएन ।’

कुसुमखोलाको माराबाँसका विश्वकर्मा समुदायले निर्वाचनपछि नेताहरु आफ्ना समस्या बुझ्न नआएकामा उनीहरु दुःखी भएको बताएका छन् । दलित बस्तीमा अझै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडकलगायतका क्षेत्रमा पहुँच पुग्न सकेको छैन ।

सम्बन्धित समाचार

उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समितिको आवश्यकता

काठमाडौँ  / विभिन्न राजनीतिक दलका नेताले उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समितिको आवश्यकता औँल्याएका छन् ।  मुलुक संघीय संरचनानुसार अगाडि बढिसकेको र राष्ट्रिय दलित आयोगसमेत संवैधानिक भइसकेकाले विभिन्न राजनीतिक दलका

भूकम्पको तीन बर्ष : बारपाकका २७ दलित परिवारको पुनःनिर्माण अनिश्चित

बारपाक, गोरखा ।  एकसाथ गल्र्यामगुल्र्युम ढलेका वरपरका घर विस्तारै ठडिदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्न बाध्य छन् ।  भूकम्पको केन्द्रबिन्दुमा असह्य

गृहमन्त्री थापाबाट चेपाङ र दलित बालबालिकाको अभिभावकत्व ग्रहण

चितवन ।  गृहमन्त्री रामबहादुर थापाले चितवनको विकट शक्तिखोर गाउँका दुई चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् ।  शक्तिखोरस्थित चतुरमुखी माध्यामिक विद्यालयमा बुधबार आजोजित कार्यक्रममा उनले उनीहरुको अभिभावकत्व ग्रहण गर्दै विद्यालय

राजनीतिक परिवर्तनमा दलित समुदायको उच्च योगदान : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकिकरणदेखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताएका छन् ।  त्रिपन्नौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा उनले  दिएको शुभकामना सन्देशमा परम्परागत