महोत्तरीमा ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

खरीबोट

गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । 

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गएराति करिब ७ः०० बजे लोहारपट्टी नगरपालिका–१ बगरा बस्ने उर्मिला यादव र उनका छोरा दुई वर्षीय आयुष यादव आफ्नै घर अगाडि बाटो काट्दै गरेका बेला लोहारपट्टी बजारबाट जनकपुर जाँदै गरेको ज १ त ९१७३ नंको ट्र्याक्टरले ठक्कर दिँदा छोरा आयुषको घटनास्थलमै मृत्यु भएको थियो । 

त्यस्तै, सोही दुर्घटनामा परी आमा उर्मिला यादव गम्भीर घाइते भएकी छन् भने उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक कडायतले बताए । 

दुर्घटनापश्चात् प्रहरीले आमाछोरालाई ठक्कर दिने ट्र्याक्टर र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

सम्बन्धित समाचार

नवलपरासीमा भएको दुर्घटनामा ३० जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट

पेरुमा भएको बस दुर्घटनामा ४४ जनाको मृत्यु 

लिमा (रासस/सिन्ह्वा) । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी

 नारायणगढ–मुग्लिन सडकखण्डमा भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

रत्ननगर, चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।  उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै

बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

जितपुर, कपिलवस्तु । बसले मोटरसाइकललाई ठक्कर दिँदा यहाँ बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।  कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको