ओभरड्राफ्ट र घरजग्गामा बैैंकिङ क्षेत्रको कर्जा उच्च

खरीबोट
ad

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा घरजग्गा र ओभरड्राफ्ट क्षेत्रमा कर्जा उच्च देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुुस मसान्तसम्म वाणिज्य बैंकहरुले घरजग्गामा मात्र कुुल कर्जाको १४ दशमलव छ प्रतिशत अर्थात तीन सय २१ अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

बैंक तथा फाइनान्स कम्पनीहरुको बजारमा रहिरहेको कुुल कर्जा अहिले झण्डै १९ खर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सोमध्ये ओभर डा«फ्ट क्षेत्रमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल कर्जाको १७ दशमलव आठ प्रतिशत अर्थात् दुुई सय ५९ अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

ओभर ड्राफ्ट क्षेत्रमा बैंकहरुले कर्जा बढाएकै कारण राष्ट्र बैंकले माघ २९ गते सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ओभर ड्राफ्ट कर्जालाई १५ प्रतिशतमा सिमित राख्नुु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । 

यसैगरी हायर पर्चेज क्षेत्रमा पनि बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल कर्जा रकमको सात दशमलव दुुई प्रतिशत अर्थात एक सय ५९ अर्ब आठ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

मार्जिन अर्थात् सेयर धितो शीर्षकमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आवको पुुस मसान्तसम्म दुुई प्रतिशत अर्थात् ४३ अर्ब दुुई करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार विकेन्द्रित विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो हालको ५० प्रतिशतबाट ४० प्रतिशत कायम गरी अन्य स्थानका हकमा साविकको ५० प्रतिशतसम्मको अनुपातलाई निरन्तरता दिईएको राष्ट्र बैंकले जनाएको छ ।

निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको अधिकतम् ६५ प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था रहको छ ।

यस व्यवस्था अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको हायर पर्चेज कर्जा वार्षिक विन्दुगत आधारमा १२ प्रतिशतले वृद्धि भई २०७४ पुस मसान्तसम्ममा एक सय ५९ अर्ब ७५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । 
 

सम्बन्धित समाचार

झण्डै १४ अर्ब रुपैयाँ कर्जा उठाउन बाँणिज्य बैकहरुद्धारा न्यायधीकरणमा मुद्धा

काठमाडौं । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैकहरु मध्ये दुई दर्जन बैकहरुले झण्डै १४ अर्ब रुपैयाँ बराबरको कर्जा उठाई दिनको लागि ऋण असुली न्यायधीकरणमा मुद्धा दायर गरेका छन् ।  बैंकहरुले पटक

सामुदायिक लघुबित्तका अध्यक्षसहित चार व्यक्ति पक्राउ, कर्जा प्रवाहमा अनियमितता गरेको आरोप  

काठमाडौं । काभ्रेको सागाँमा केन्द्रिय कार्यालय रहेको सामुदायिक लघुबित्त बित्तीय संस्थाका अध्यक्ष हिरा बिश्वकर्मा सहितका चार व्यक्तिहरु पक्राउ  परेकाछन् ।  केन्द्रिंय अनुसान्धन व्युरो (सिआईबी) का अनुसार बैकिङ कसुरको अभियोगमा उनीहरुलाई फरक

बाणिज्य बैंकहरुलाई ओभरड्राफ्ट ऋण घटाउन दबाब, ओभरड्राफटमा मात्र चार खर्ब आठ अर्ब कर्जा

काठमाडौं । बाणिज्य बैकहरुलाई ओभर ड्राफ्ट कर्जा घटाउन दवाव परेको छ ।  चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले ओभर ड्राफ्ट शिर्षकमा मात्र चार खर्ब आठ अर्ब १२ करोड

नेपाल इन्भेष्टमेण्ट बैंक र इन्टरनेशनल फाइनान्स कर्पाेरेसनबीच कर्जा सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइन्यान्स कर्पोरेशन (आईएफसी)बीच कर्जा सम्झौता भएको छ । बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।  सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंक लि.का