सशस्त्रलाई ४-० गोल अन्तरले हराउँदै आर्मी सेमीफाइनलमा

खरीबोट
ad

बारा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० ले स्तव्ध पार्दै त्रिभुवन आर्मी क्लब बाराको सिमरा रङ्गशालामा जारी नवौं सिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । 
त्रिभुवन आर्मीको सेमीफाइनल यात्रामा म्यान अफ दि म्याच जर्जप्रिन्स कार्कीले २, नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान १, १ गोल गरे । 

सशस्त्र प्रहरीविरुद्ध आर्मीका जर्जप्रिन्स कार्कीले खेलको ३६ औं मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एपिएफ विरुद्ध आर्मीले दोश्रो हाफमा ३ गोल गर्यो । 

दोश्रो हाफको शुरुवातमै नवयूग श्रेष्ठले आर्मीको अग्रता दोव्वर पारे । खेलको ४७ औं मिनटमा नवयूगको गोलपछि सशस्त्र थप दवावमा प¥यो । खेलको ७१ औं मिनटमा अण्डर १९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले आर्मीका लागि तेश्रो गोल गरे । 

खेलको उतरार्धमा ३–० को फराकिलो अन्तर झेलेको एपिएफ खेलको ७५ औं मिनटमा ९ खेलाडीमा सिमित भयो भने आर्मी १० खेलाडीमा सिमित भयो । 

एपिएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई लडाएपछि केहीबेर दुवै टिमबीच तनाव सिर्जना भयो । फलपछि पहेंलो कार्ड खाएका रञ्जन आर्मीका खेलाडीसँग झगडा गर्न गएपछि उनी दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । 

रञ्जनसँगै उनका भाई एवं एपिएफका स्ट्राईकर अञ्जन पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरए भने आर्मीका चर्चित स्ट्राईकर नवयूग श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिर निस्के । 
९ खेलाडीमा सीमित एपीएफविरुद्ध आर्मीले खेलको अन्तिम समयमा चौथो गोल ग¥यो ।

खेलको ८२ औं मिनटमा आर्मीका जर्ज प्रिन्स कार्कीले व्यक्तिगत दोश्रो गोल गर्दै आर्मीलाई ४–० को शानदार जित दिलाए । 

प्रतियोगितामा सोमबार रुस्लान थ्रिस्टार क्लब र सुदुर पस्चिम ११ स्पोर्टस क्लब धनगढीबीच खेल हुँदै छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री कप क्रिकेटको फाइनल आज, उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब भिड्ने भएका छन् । राष्ट्रिय खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी क्लब

प्रधानमन्त्री कप क्रिकेट : प्रहरीलाई हराउदै एपीएफ फाइनलमा, उपाधिका लागि आइतबार आर्मीसँग खेल्ने 

काठमाडौँ । विभागीय टिम सशस्त्र प्रहरी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनल खेलमा नेपाल प्रहरीलाई पराजित गरेपछि आब प्रतियोगित को फाइनल खेल दुई विभागीय टिमबीच नेपाल

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ५ लाई पराजित गर्दै आर्मी फाइनलमा 

काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश नम्बर ५ लाई १५४ रनले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको

प्रधानमन्त्री कप क्रिकेटः आर्मीद्वारा एपिएफ पराजित

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै समूह विजेता बनेको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा