• २०८१ बैशाख १५ शनिबार

प्रदेश ३ का मुख्यमन्त्री पौडेलको शपथ 

kharibot

मकवानपुर । प्रदेश ३ मा मुख्यमन्त्रीमा नियुक्त भएका डोरमणि पौडेलले सोमबार शपथग्रहण गरेका छन् । उनले प्रदेशको अस्थायी केन्द्र मकवानपुर जिल्लाको हेटौंडामा प्रदेशप्रमुख अनुराधा कोइरालासमक्ष शपथग्रहण गरेका हुन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री पौडेलले प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । उनलाई एमाले प्रदेश ३ को संसदीय दलको कार्यालयले सिफारिस गरेको थियो ।

मुख्यमन्त्रीको शपथका लागि ३ नं. प्रदेशका सभामुख सानु श्रेष्ठ, उपसभामुख राधिका तामांग, विपक्षी दल कांग्रेसका नेता इन्द्र बानियाँ, माओवादी प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेललगायत सरकारी कर्मचारी, मकवानपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरु, प्रदेश सांसद्हरुको उपस्थिति थियो । 

उनी गत शुक्रबार एमाले प्रदेशसभा संसदीय दलको नेतामा निर्वाचित भएका थिए । पौडेल र अष्टलक्ष्मी शाक्यबीच एमाले प्रदेशसभा संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा नेत्री शाक्यलाई १० मतले पराजित गरेका थिए । संसदीय दलको नेता चुनिएका उनले ३४ र शाक्यले २४ मत पाएका थिए ।

पौडेल मकवानपुर १ खबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भनी उनी ०५४ को स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी एमाले अध्यक्ष केपी ओली निकटस्थ मानिन्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै