• २०८१ बैशाख १४ शुक्रबार

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु

kharibot

दाङ । राष्ट्रिय सभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ । 

बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो । 

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै