• २०८३ कार्तिक १२ बिहीबार

ब्रेस्टमाथि पिएसजी विजयी, एमबाप्पे र केहरेरले गरे गोल

ब्रेस्टमाथि पिएसजी विजयी, एमबाप्पे र केहरेरले गरे गोल

काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले ब्रेस्टमाथि सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पे र थिलो कहरेरले एक एक गोल गरेका थिए ।

खेलमा एम्बाप्पेले खेलको ३२औं मिनेटमा गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५३औं मिनेटमा कहरेरले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारेका थिए ।

यस खेलमा पिएसजीका लियोनेल मेसी, नेइमार लगायतका खेलाडी अनुपस्थित थिए । नेइमार इन्जुरिका कारण हाल टिमबाट बाहिर रहेका छन् भने मेसी हालै कोरोना संक्रमणबाट ठिक भएर मैदानमा फर्किने तयारीमा रहेका छन् ।

यो जितपछि फ्रेन्च लिग वानमा पिएसजीको २१ खेलमा ५० अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको निसको भन्दा ११ अंकले अगाडी रहेको छ ।

त्यस्तै यो हारपछि ब्रेस्टको भने २१ खेलमा २५ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै