• २०८१ बैशाख १४ शुक्रबार

कपिलवस्तु महोत्सव सफल बनाउन क्याम्पस, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुसँग अन्तरक्रिया

kharibot

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले क्याम्पस, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

१२औं कपिलवस्तु महोत्सवलाई भव्य रुपमा सफल पार्न उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले अहिलेको महोत्सव विगतका भन्दा आकर्षक तथा ऐतिहासिक हुने बताए ।

उनले समग्र महोत्सवलाई यस बर्ष कसरी संचालन गरिदैं छ भन्ने बारे सम्पूर्ण शिक्षकहरुलाई प्रस्ट पारेका थिए । उनले महोत्सवलाई सफल तुल्याउन सबैको शिक्षकको साथ प्राप्त हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले शैक्षिक सामग्रीको प्रदर्शन, विद्यार्थीहरुबीच विभिन्न विधामा प्रतियोगिता विगतमा पनि गराउँदै आएको तर त्यो खासै प्रभावकारी नदेखिएमा दुखेसो पोखे । उनले दर्शकहरुको मन जित्न सक्ने आकर्षक किसिमका विद्यार्थीबीच प्रतिस्पर्धा हुनुपर्ने बताए । अन्यथा विगतका जस्तै गरे त्यो खल्लो सावित हुने उनको भनाई छ ।

कार्यक्रममा महोत्सव हिउँदे विदा तथा जाडो विदामा राख्दाँ सहयोग पुग्ने, विद्यार्थीलाई समेटने खालका कार्यक्रमको आयोजना अझ धेरै ल्याउनुपर्ने, डान्स आईडललाई थप व्यवस्थित बनाउनुपर्ने लगायतका सुझाव शिक्षकहरुले दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा कपिलवस्तु महोत्सवलाई विगत भन्दा पृथक बनाउ सबै क्याम्पस, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुले आआफ्नो भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका पदाधिकारी, नगरपालिकाका प्रतिनिधि लगायत बाणगंगाभित्रका शिक्षकहरुको उल्लेख उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै