• २०८१ बैशाख २८ शुक्रबार

झोला बोक्ने मात्र होइन, युवालाई अभिभावकीय भूमिका स्थान दिनुपर्छ : विमलेन्द्र निधि

kharibot

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसमा युवाहरूलाई पनि उचित स्थान दिनुपर्ने बताएका छन् । पार्टीको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै निधिले युवालाई झोला मात्र बोकाउने नभई अभिभावकीय भूमिकासमेत दिनुपर्ने बताए ।

'आज ५० प्रतिशत युवा छन् । झोला बोक्ने मात्र नभई अभिभावकीय भूमिका दिँदै युवालाई नेतृत्वमा स्थान दिनुपर्छ,' उनले भने । 

कुनै पनि शक्तिले देशको शान्ति र स्थिरताका लागि काम गर्न नसकेको उनको भनाइ छ । अब सबैले स्थिरतामा लाग्नुपर्ने बताएका छन् ।

महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्दै जनताले विश्वास गर्ने पार्टी बनाउनुपर्ने उनले बताए ।

यसका साथै फरक प्रसंगमा बोल्दै निधिले धर्म मुलुकमा निरपेक्षता, संविधान र प्रणाली निर्माण भएको बताए । अब कांग्रेसले त्यसको स्थायित्वमा लाग्नुपर्ने बताएका छन् ।

'आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन लागौं । महाधिवेशनको सफलता र सार्थकता सबै तहमा कांग्रेसको सरकार बनाउनमा लगाऔं,' उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै