काठमाडौँ । मलेसियामा विश्वको सबैभन्दा दोस्रो अग्लो टावरको निर्माण अन्तिम चरणमा पुगेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा २२२७ फित अग्लो ११८ तले टावर २०२२ को अन्तिमसम्म संचालनमा आउने भएको हो । यो दुबईको ब्रुज खलिफा पछि विश्वको दोस्रो अग्लो टावर हुने भएको छ । ब्रुज खलिफा २७२२ फिट अग्लो रहेको छ ।
मेरडेका ११८ नाम दिएको यस टावरले दोस्रो अग्लो टावर चीनको संघाई टावरलाई उछिन्ने भएको छ । संघाई टावर २०७३ फिट अग्लो रहेको छ ।
मलेसियाका प्रधानमन्त्री इस्मैल साब्री याकोबले यस परियोजनालाई भविष्यको आइकनको रुपमा टिप्पणी गरेका छन् ।
उनले यो टावर इन्जिनियरिङको सफलता मात्र नभएर मलेसियाको विकासको प्रतिक समेत भएको बताएका छन् ।
३.१ मिलियन स्क्वायर फिट रहेको यस टावरमा आधा भन्दा बढी ठाउमा विभिन्न कार्यालय हुने बताइएको छ । साथै यस टावरमा होटल, मस्जिद र एशियाकै अग्लो भ्यूप्वाइन्ट हुने बताइएको छ ।
यस टावरका फाउन्डर मध्येका एक कार्ल फेनडरले यो टावर क्वालालम्पुरको सामाजिक र संस्कृतिक प्रतिक हुने बताएका छन् ।
११८ तले टावरको डिजिटल डिजाइन तस्बीर
यस टावरको निर्माण शुरुमा २०१० मा शुरु गरिएको थियो । तर करिब पाँच बर्ष स्थानीय संस्कृतिक विज्ञहरुको विरोधका कारण रोकिएको थियो । २०२० को मार्चमा लकडाउनका कारण टावर निर्माण समेत अवरुद्ध भएको थियो ।
तर अहिले द्रुत गरिमा निर्माण काम भैरहेको यो टावर २०२२ को अन्तिम सम्म संचालनमा आउने बताइएको छ ।
मलेसियामा पछिल्ला बर्षहरुमा अग्ला टावर बन्ने होडबाजी नै चलेको छ । क्वालालम्पुरमा अहिले विश्वको १३औ अग्लो टावरपेट्रोनास टावर रहेको छ । जसको उचाई १४८३ फिट रहेको छ । यसको २००४ मा निर्माण सम्पन्न गरिएको थियो ।