• २०८१ बैशाख १६ आइतबार

जर्मनीमा खोप नलगाउने व्यक्तिका लागि कडा प्रतिबन्ध

kharibot

वर्लिन । जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । साथै, खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन पनि आह्वान गरेको छ ।

नयाँ  नियमअनुसार खोप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएको छ । कोभिडबाट हालै निको भएका व्यक्तिलाई भने तत्कालका लागि यो प्रतिबन्ध लागू नहुने भएको छ ।  त्यस्तै, संसदबाट कानुन बनाएर नै खोपलाई अनिवार्य बनाइने भएको छ । 

सरकारको घोषणासँगै खोप नलगाएका व्यक्तिले अर्को घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी कोभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् । त्यस्तै, फुटबल खेल हेर्ने दर्शकको संख्या सीमित गरिने छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोप फेरि कोभिडको नयाँ केन्द्रविन्दु बन्न थालेको छ । युरोपका अधिकांश देशहरुले नयाँ भेरियन्ट रोक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् । 

'हामीलाई थाहा छ की अवस्था निकै गम्भीर छ । कोभिड नियन्त्रणका लागि सरकारले चालेका कदम पालना गर्न सर्वसाधारणलाई आव्हान गर्छु', जर्मन चान्सलर एंगेला ए‌मर्केलले भनिन् । जर्मनमा कोभिडको चौथो लहर आउने अनुमान गरिएको छ । 'जर्मनीलाई कोडको चौथो लहरबाट जोगाउन बेलैमा सावधानी अप्नाउनुपर्छ,' उनले भनिन् । 

सरकारले आगामी फेब्रुवरीदेखि देशव्यापी अनिवार्य खोप अभियान सञ्चालन गर्ने भएको छ । अन्तिम पटक खोप लगाएको नौं महिनापछि खोप लगाएका व्यक्तिको पहिचान हराउने भएकोले उनीहरुलाई बुस्टर डोज आवश्यक भएको चान्सलर मर्केलले बताइन् । 

युरोपेली मुलुक अस्ट्रियमा पनि जनबरीदेखि खोप अनिवार्य गरिएको छ । त्यस्तै ग्रीसमा पनि ६० वर्षमाथिका सबैलाइ बुस्टर डोज अनिवार्य गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै