भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

खरीबोट

नयाँ दिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ  ।

घटनामा ५ जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार पश्चिम बङ्गालको नदिया जिल्लाको हांसखाली क्षेत्रमा शव लिएर गएको मेटाडोर गाडी सडकमा रोकिराखेको ट्रकसंग्ग ठोकिएपछि दुर्घटना भएको थियो । 

तिब्रगतिमा रहेको मेटाडोर कुहिरोका कारण दुर्घटनामा परेको बताइएको छ ।
 

सम्बन्धित समाचार