• २०८१ बैशाख १४ शुक्रबार

दक्षिण कोरियाको सोलमा '१० मिनेट सिटी' बन्दै

kharibot

काठमाडौँ । दक्षिण कोरियाका इन्जिनियरहरुले बनाएको '१० मिनेट सिटी' को योजना अहिले चर्चामा रहेको छ । यस अघि '१५ मिनेट सिटी' अवधारणा निकै चर्चामा रहेको थियो । '१५ मिनेट सिटी' भन्नाले हिडेर वा साइकलमा शहरका सबै ठाउमा १५ मिनेटमा पुग्न सकियोस् । खासगरी कोरोना महामारीका बेला १५ मिनेट सिटीको अवधारणा लोकप्रिय बनेको थियो ।

अब भने शहरका योजनाकारहरुले '१० मिनेट सिटी' को अवधारणा अगाडी ल्याएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा प्रोजेक्ट एच-१ ले पुरानो औद्योगिक क्षेत्रलाई 'स्मार्ट सिटी' मा परिवर्तन गर्दै '१० मिनेट सिटी बनाउने भएका छन् । यस शहरमा अफिसका कार्यालयहरु, अध्ययन गर्ने ठाउ, फिटनेस सेन्टर, स्विमिंग पुलसहित मनोरंजनका सबै सुबिधा उपलब्ध हुने बताइएको छ ।

यस शहरमा बन्ने घरहरु मध्यम र निम्न आय हुनेलाई लक्षित गरिएको बताइएको छ ।

कोरोना महामारीपछि झन् यस किसिमका सिटीको अवधारणाको औचित्य पुष्टि भएको भन्दै शहरी विकासका योजनाकारहरुले अति जनघनत्व भएका ठाउमा यस्ता शहर विकास गर्नुपर्ने बताएका छन् ।

निर्माणकर्ता युएन स्टुडियोका प्रवक्ताले १० मिनेट सिटीको कामका लागि स्वीकृति भएको तर विस्तृत विवरण सार्बजनिक गर्न नमिल्ने बताएको सिएनएनले उल्लेख गरेको छ । १० मिनेट सिटीमा नेचर जोनका साथै क्लीन इनर्जी शहरबाट नै उत्पादन गरिने तथा बर्षाको पानीलाई पुन: प्रयोग गर्न सकिने प्रविधि बनाइने बताइएको छ ।

१५ मिनेट सिटीको अवधारणा सबैभन्दा पहिला फ्रेन्च-कोलम्बियन एकेडेमिक कार्लोस मेरेनोले २०१६ मा ल्याएका थिए । यस अवधारणालाई पेरिसका मेयर आन्ने हिडाल्गोले आफ्नो चुनावी कार्यक्रममा समावेश गरेर चर्चित बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै