काठमाडौँ । रुसमाथि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्ष यात्रुको जीवनलाई खतरामा पारेको आरोप लागेको छ ।
रुसले हालै परिक्षण गरेको एक मिसाइल परिक्षणका कारण अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्ष यात्रु क्याप्सुलमा लुक्न बाध्य भएको घटनामा रुसको आलोचना भैरहेको छ ।
रुसले आफ्नै एक सेटेलाइटलाई निशाना बनाएर लन्च गरेको मिसाइल ब्लाष्ट भएको थियो । अन्तरिक्ष स्टेशनमा त्यति बेला सात यात्रु रहेका थिए । जसमा चार अमेरिकी, एक जर्मनी र दुई रसियन यात्रु रहेका थिए ।
अमेरिकाका विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले रुसले आफ्नै लाई निशाना बनाएर लन्च गरेको मिसाइलका कारण १५ सय भन्दा बढी टुक्रा बनेको र हजारौ स-साना टुक्रा बनेको बताएका छन् । उनले यसले खतरा उत्पन्न भएको बताएका छन् ।
रसियन अन्तरिक्ष एजेन्सीले अन्तरिक्ष स्टेशनमा केहि चीज आउदा यात्रु आफ्नो यानमा जानु पर्ने अवस्था आएको बताउदै यो स्वाभाविक प्रक्रिया भएको बताएको छ । अब सबै टुक्रा अतरिक्ष स्टेशनबाट बाहिर आइसकेको र अहिले अन्तरिक्ष स्टेशन सुरक्षित रहेको बताएको छ ।
अमेरिकाले सेटेलाइटका टुक्रा अन्तरिक्षको कक्षमा आउने विषय पहिला जानकारी नभएको र पछि मात्र कसरी आयो भन्ने पत्ता लागेको बताएको छ । यी टुक्रा रुसी सेटेलाइटका थिए र यो एक जासुसी उपग्रह रहेको बताइएको छ । यसलाई रुसले १९८२ मा लन्च गरेको थियो । रुसले अघिल्लो बर्ष निष्क्रिय गरेको थियो भने यसको वजन कयौं टन रहेको थियो ।
अन्तरिक्षमा यस किसिमका टुक्राको अनुसन्धान गर्ने कम्पनिले लियोल्याबले न्यूजील्याण्डस्थित रडारले त्यस ठाउमा कयौं टुक्रा देखिएको, लामो समयसम्म एक निष्क्रिय अन्तरिक्ष मौजुद रहेको बताएको छ ।
प्राइसले खतरा अहिलेसम्म नटलेको बताएका छन् । उनले रुसले खतरनाक र गैरजिम्मेवार व्यवहार गरेको बताउदै यसले अन्तरिक्षको स्थिरतालाई लामो समयसम्म खतरामा राखेको आरोप लगाउदै यसको जवाफ दिने चेतावनी दिएका छन् । उनले आफ्ना सहयोगीहरुसँग मिलेर रुसलाई सहि जवाफ दिने बताएका छन् ।
यस किसिमका परिक्षणलाई दुर्लभ घटनाको रुपमा लिइएको छ ।
यस अघि २००७ मा चीनले एक निष्क्रिय मौसम सम्बन्धि उपग्रहलाई नष्ट गर्न मिसाइल परिक्षण गरेको थियो । जसले २००० भन्दा बढी टुक्रा बनाएको थियो । सो घटनालाई पनि अन्तरिक्ष मिशनका लागि खतरा उत्पन्न गरेको आरोप लगाइएको थियो ।









