काठमाडौँ । अस्ट्रेलिया आइसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
अस्ट्रेलियाका लागिडेभिड वार्नरले ४९ रन बनाए भने कप्तान एरोन फिन्च शुन्य, मिचेल मार्श २८, स्टेभन स्मिथ ५, ग्लेन म्याक्वेलले ७ रन बनाएका थिए ।
त्यसैगरी मार्कस स्टोनिसले अविजित ४० र म्याथ्यु वाडेले १७ बलमा अविजित ४१ रन बनाएका थिए ।
त्यसैगरी पाकिस्तानका बलर शडाब खानले ४ विकेट लिएका थिए भने शाहीन शाह अफ्रिदीले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले अस्ट्रेलियालाई १७७ रनको लक्ष्य दिएको थियो ।
पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउदै १७७ रन बनाएको हो ।
पाकिस्तानका लागि मोहमद रिजवानले सर्बाधिक ६७ रन बनाएका थिए । त्यस्तै कप्तान बाबर आजमले ३९ रन बनाए भने फखर जमानले अविजित ५५ रन बनाए । त्यस्तै आसिफ अली शुन्यमा आउट भए भने शोएब मल्लिक र मोहमद हाफिजले एक एक रन बनाएका थिए ।
त्यस्तै अष्ट्रेलियाका बलर मिचेल स्टार्कले २ विकेट लिए भने पाट कमिन्स र एडम जाम्पाले एक एक विकेट लिएका थिए ।
अब फाइनलमा अस्ट्रेलिया र न्यूजील्याण्ड खेल्ने छन् । फाइनल खेल आगामी आइतबार हुने छ ।









