अफगानिस्तानमा खुलेआम किन बेचिदै छ बच्चा ?

खरीबोट

काठमाडौँ । हामी जब अफगानिस्तानको हेरात शहरबात बाहिर निस्कियौं, भिडभाड सडकपछि एक लामो र खाली हाइवे भेटियो । तालिबानको जुन दुइ चौकी हामीले पार गर्यौं, यसले बताएको थियो की अफगानिस्तानमा कसले शासन गरिरहेको छ ।

सबैभन्दा पहिलो चौकीमा भेटिएका तालिबान लडाकु मिलनसार थिए । उनीहरुले हाम्रो कार र संस्कृति मन्त्रालयले दिएको अनुमति पत्र राम्रोसँग जांच गरे । हामी त्याँहाबात जानै लाग्दा एक असल्ट राइफल बोकेका लडाकुले मुस्कुराउदै भने- तालिबानसँग नडराउ, हामी राम्रा मानिस हौँ ।

तर दोस्रो चौकीमा रहेका लडाकु अलग थिए । देख्दा अलि खतरनाक देखिन्थे । अफगानिस्तानमा घुम्दा तपाईलाई यसको अन्जाद हुदैन की तपाइँ कस्तो तलिबानी लडाकुसँग भेट्दै हुनुहुन्छ । केहि लडाकुले विरोध प्रदर्सनको रिपोर्टिंग गरेको आरोपमा पत्रकारलाई कुटेका थिए ।

दोस्रो चौकीमा पनि हामीलाई धेरै बेर कुर्नु परेन । लडाकुले चेतावनीको शैलीमा भने- हाम्रो बारेमा राम्रो लेख्ने कुरा निश्चित होस् ।

हेरात शहरबाट १५ किलोमिटर टाढा एक माटो र इँटाले बनेको सानो बस्तिमा हामि पुग्यौं । बर्षौंको लडाई र सुख्खाबात विस्थापित टाढा टाढाबाट आफ्नो घर छोडेर शहर नजिक केहि काम पाइएला र सुरक्षा होला भन्ने आशामा यहाँ आएर मानिसहरु बसेका रहेछन ।

हामी यहाँ के साच्चै गरिबीबाट परेशान भएर कसैले आफ्नो बच्चा बेचिरहेको छ ? भन्ने बारे अध्ययन गर्न पुगेका थियौं । मेरो सोचाइमा एक दुइ यस्ता घटना होलान भन्ने थियो । तर हामीले त्यहाँ जे देख्यौं त्यसकालागि हामि तयार थिएनौं ।

हामि त्यहाँ पुग्ना साथ एक मानिस हामी तर्फ आयो र सोध्यो के तपाईहरु मेरो बच्चा किन्नुहुन्छ ? उसले आफ्नो बच्चाको रेट ९०० डलर राखेको रहेछ । मेरा एक सहयोगीले त्यो मानिसलाई बच्चा किन बेच्न लागेको भनेर सोधे । ति मानिसले भने मेरा अझै ८ बच्चा छन् । उनीहरुलाई खुवाउने भोजन छैन ।

हामि थोरै अगाडी बढ्यौं । हाम्रो नजिक एक महिला आइन । उनी निकै आत्तिएकी थिइन् । उनले आफ्नो डेढ बर्षको बच्चा केहि समय अघि बेचेकी रहिछन । यसैबीचमा हाम्रो वरिपरी भिड जम्मा भैसकेको थियो । एक युवकले आफ्नो १३ महिनाको भान्जीलाई बेचेको बताउदै थियो । घोर प्रान्तको एक व्यक्तिले भान्जीलाई किनेको बताउदै किन्ने व्यक्तिले भान्जी ठुली भएपछि आफ्नो छोरासँग विवाह गर्ने बताएको युवकले हामीलाई बताउदै थियो ।

तर बेचिएका बच्चाको भविष्य बारे कसैले केहि भन्न सक्ने अवस्था थिएन ।

एक घरमा हामीले ६ महिनाको एक बच्चा सुतिरहेको देख्यौं । हामीलाई थाहा भयो की जब त्यो बच्चा हिड्न थाल्छ, उसलाई किनेको व्यक्तिले लिएर जाने छ । उसका अरु तीन दाजुहरु पनि रहेछन । उनीहरु कैयौं दिनसम्म भोकै बस्नुपर्ने रहेछ । उनका पिताले फोहोर जम्मा गरेर वापत आउने पैसाले अलिअलि खानपिनको व्यवस्था गर्दा रहेछन ।

उनले हामीलाई बताए- 'धेरै जसो दिन पैसा कमाई नै हुदैन । जब केहि पैसा आउछ तब ६-७ ब्रेड किनेर एक आपसमा बाडेर खान्छौं । मेरी पत्नी छोरीलाई बेच्ने मेरो निर्णयबात सहमत छैनन् । यसैले म परेशान छु । तर म लाचार छु । बाच्ने अन्य कुनै आधार नै रहेन ।'

मैले उनकी पत्नीको आँखामा क्रोध र लाचारी दुवै देखे । बच्चीलाई बेचेर आउने पैसाले उनीहरुलाई केहि महिना बाच्न मद्धत गर्ने छ ।

जब हामि त्यस ठाउबाट निस्किन थाल्यौं,  एक अर्की महिला आइन । पैसाको इशारा गर्दै उनी आफ्नो बच्चा हामीलाई दिन तयार देखिन्थिन ।

हामीलाई त्यहाँ पुग्नु अघि यति धेरै परिवार यसरी आफ्नो ज्यान बचाउन आफ्ना बच्चा बेच्न तयार छन् भन्ने अनुमान नै थिएन ।

हामीले हेरातमा जे देख्यौं, अझ अबको केहि सातापछि त्यस क्षेत्रमा हुने चिसोको कल्पना गर्दै ति परिवारको अवस्था कस्तो होला भन्ने कल्पना पनि गर्न सकेनौं ।

(बिबिसीका लागि योगिता लिमयेको ब्लगको सम्पादित अंश) 

      

सम्बन्धित समाचार