• २०८१ बैशाख १४ शुक्रबार

बेनिफिकामाथि बायर्न म्युनिखको फराकिलो जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले बेनिफिकामाथि ४-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा लिरोय सानेले दुई गोल गरेका थिए भने रोबेर्टो लेवानडोस्कीले एक गोल गरेका थिए ।

त्यस्तै बेनिफिकाका एभर्टन सोअर्सले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै समुह इ मा रहेको बायर्नले लगातार तेस्रो जित हासिल गर्दै ३ खेलमा ९ अंक हासिल गरेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै बेनिफिकाको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै