• २०८१ असोज २ बुधबार

निर्माण पूरा नहुँदै दोस्रो पटक भासियो कमला पुल

kharibot

जनकपुरधाम । अबिरल वर्षाका कारण आएकाे बाढीले धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुल पुनः भाँसिएको छ । 

निर्माण पूरा नहुँदै हुलाकी राजमार्ग अन्तर्गत बनाइएको कमला पुल दोस्रो पटक भाँसिएको हो । बुधवार दिउँसो धनुषा तर्फको ३ नम्बर पिलर भाँसिएको छ । स्पान भाँसिएको सूचना प्राप्त भए पछि प्राविधिक टोली निरिक्षणका लागि पुलमा पठाइएको हुलाकी सडक निर्देशनालयका निर्देशक कृष्णकुमार महतोले जानकारी दिए ।

असार १७ गते सिरहा तर्फबाट कमला पुलको स्पान भाँसिएको थियो । भने निर्माण पूरा भएर हस्तान्तरण गर्ने समयमा पुल पहिलो पटक असार १७ गते भाँसिएको थियो । सपिट्टाघाट स्थित निर्माणाधिन कमला पुलको १२ वटा स्पान मध्ये पूर्वबाट पश्चिम तर्फको दोस्रो स्पान भाँसिएको थियो ।

गएको असार १३ गते सम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नु पर्ने सम्झौता बमोजिम कार्य सम्पन्न भएको थियो । तर, हस्तान्तरण गर्न बाँकी रहँदा कमला नदीमा आएको साधारण बाढी मैं पुलको स्पान भाँसिएको थियो ।

पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले ०६८ सालमा ४२ महिनामा पुल निर्माण सम्पन्न गर्नु पर्ने ठेक्का पाएका थिए । बिच–बिचमा म्याद थपिँदै अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै