• २०८१ बैशाख १४ शुक्रबार

ब्याज दर सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको कडा निर्देशन

kharibot

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुले जथाभावी ब्याज दर निर्धारण गर्न थालेपछि नियन्त्रण गर्न कडा निर्देशन जारी गरेको छ ।

मंगलबार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने निर्देशन दिएको छ ।

प्रत्येक नेपाली महिना शुरु हुनु अघि बैंक तथा वित्तीय सस्थाले सो महिनाको लागि हरेक प्रकारको निक्षेपमा दिने व्याज दर प्रकाशित गर्नुपर्ने व्यवस्था छ तर १० प्रतिशत भन्दा बढी घटबढ गर्न नपाइने व्यवस्था पहिलोपटक गरिएको हो ।

दशैंको लामो विदा पछि बैंकहरुले कात्तिक महिनाको लागि व्याज दर प्रकाशित गर्दा ११.६७ प्रतिशतसम्म व्याज दिने घोषणा गरेका थिए ।

त्यस्तै संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।

२०७८ कात्तिक महिनाको लागि प्रकाशित भईसकेको व्याजदर यी २ व्यवस्था बमोजिम नभएको भए सो व्याजदरमा समेत संशोधन गरि कार्तिक ३ गते बुधवार भित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो ब्याजदर कार्तिक ०५ भित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यससँगै कात्तिक १ गते प्रकाशित व्याज दरलाई संशोधन गरेर असोज महिनाको व्याजदरको तुलनामा बढीमा दश प्रतिशतभन्दा बढी नहुने गरी नयाँ व्याज दर सार्वजनिक गर्नुपर्नेछ । अघिल्लो महिना सबैभन्दा बढी सनराइज बैंकले मुद्दतीमा १०.०७ प्रतिशत व्याज दर प्रदान गरेको थियो । कात्तिक महिनाको व्याज दर प्रकाशित गर्दा ११.००७ प्रतिशत भन्दा बढी नहुने भएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै