• २०८१ बैशाख १४ शुक्रबार

मेसी र नेइमार बिना पिएसजी विजयी, एम्बाप्पेले गरे निर्णायक गोल

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले एन्गर्समाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले किलियन एम्बाप्पेको पेनाल्टीको सहयोगमा एन्गर्समाथि २-१ गोल अन्तरले विजयी भएको हो ।

आफ्ना महत्वपूर्ण खेलाडीहरु लियोनेल मेसी, नेइमार बिना खेलेको पिएसजीका लागि डानिलो पेरेइरा र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

त्यस्तै एन्गर्सका लागि एन्गेलो फुलगिनीले एक गोल गरेका थिए ।

एन्गर्सले खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता लिएकोमा पिएसजीले खेलको ६९औ मिनेटमा बराबरी गोल गरेको थियो । त्यसपछि पिएसजीले पाएको पेनाल्टीलाई एम्बाप्पेले खेलको ८७औ मिनेटमा गोल गर्दै पिएसजीलाई जिताएका थिए ।

यो जितपछि फ्रेन्च लिग वानमा पिएसजीको १० खेलमा २७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै एन्गर्सको भने १० खेलमा १६ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै