• २०८१ बैशाख ७ शुक्रबार

नेपाल साफ च्याम्पियनसिपमा आज बंगलादेशविरुद्ध खेल्दै, कस्तो छ फाइनल पुग्ने समीकरण ?

kharibot

काठमाडौँ । नेपालले जारी साफ च्याम्पियन्सिप अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेल बंगलादेशविरुद्ध आज खेल्दै छ ।

नेपालले यसअघि आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले र श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दुई खेल जितेर उत्कृष्ट शुरुवात गरेको थियो भने भारतसँग १-० को हार बेहोरेको थियो ।

यसैक्रममा आज नेपालले बंगलादेशको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति ४: ४५ मा हुदै छ । 

आज हुने दुई खेलले फाइनल पुग्ने दुई टोलीको तय हुनेछ ।३-३ खेलमा समान ६ अंक भएका माल्दिभ्स शीर्षस्थानमा, नेपाल दोस्रो स्थानमा, भारत ५ अंकका साथ तेस्रो स्थानमा र बंगलादेश ४ अंकसहित चौथो स्थानमा रहेको छ । श्रीलंका भने ४ खेलमा केबल १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले बंगलादेशसँग कम्तिमा बराबरी खेले मात्र पनि फाइनलमा पुग्ने छ । नेपाल पराजित भएमा भने प्रतियोगिताबाट बाहिरिने छ । तर बंगलादेशको भने जित्नै पर्ने अवस्था रहेको छ ।

त्यस्तै भारत र माल्दिभ्स मध्ये भारतलाई जितले मात्र फाइनलमा पुर्याउने छ भने माल्दिभ्स कम्तिमा बराबरी खेलेमा मात्र पनि फाइनलमा पुग्ने छ । 

राम्रो नतिजाका लागि खेल्नेछौ- सहायक प्रशिक्षक श्रेष्ठ

अघिल्लो दिन हुने नियमित पत्रकार सम्मेलन (प्रि-म्याच कन्फरेन्स) मा नेपाली टोलीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठ उपस्थित थिए । पत्रकार सम्मेलनको समय र नेपालको प्रशिक्षणको समय जुधेपछि प्रशिक्षक अलमुताइरी र कप्तान किरण अनुपस्थित रहेका थिए । 

उनको अनुपस्थितिमा सहायक प्रशिक्षक श्रेष्ठले लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताए । उनले भने-  ‘बंगलादेशसँग खेल्न टोली तयार छ । टिमले राम्रो प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल हुने अपेक्षा गरेका छौं । यो खेल एकदम प्रतिस्पर्धात्मक हुनेछ । खेल हाम्रा लागि महत्त्वपूर्ण छ र राम्रो नतिजाका लागि खेल्नेछौ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै