काठमाडौँ । भारतमा बनेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन अब २ बर्षदेखी १८ बर्षसम्मका बालबालिकालाई लगाउन अनुमति दिइएको छ ।
ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया (डिसिजीआइ) ले २ डोज लगाउने गरि २ बर्षदेखी १८ बर्षसम्मका लागि कोभ्याक्सिनको प्रयोगको अनुमति दिएको हो ।
डिसीजीआइले यसको विस्तृत गाइडलाइन जारी गर्ने बताउदै प्रयोगको अनुमति दिएको छ । जसमा बालबालिकालाई खोप लगाउने प्रक्रिया र दुई दोज्को अन्तरका विषयमा जानकारी दिइने उल्लेख छ ।
भारत बायोटेकले बनाएको यो खोपलाई तीन चरणमा गरिएको लामो ट्रयालपछि प्रयोगको अनुमति दिइएको छ ।
कोभ्याक्सिनको ट्रायलमा बालबालिकामा कुनै असर नदेखिएको र ७८ प्रतिशत प्रभावकारी साबित भएको उल्लेख छ ।
अहिले विश्वमा बालबालिकाका लागि विभिन्न खोप बनेका छन् । जसमा अमेरिकामा फाइजरले बनाएको खोप १२ बर्षभन्दा माथिको उमेर समुहमा लगाइएको छ । फाइजरको खोप बालबालिकामा शतप्रतिशत प्रभावकारी रहेको दाबि गरिएको छ ।
त्यस्तै युरोपमा मोडेरनाले बनाएको खोप १२ देखि १७ बर्षसम्मको उमेर समुहलाई लगाइएको छ ।
त्यस्तै चीनले बनाएको खोप कोरोना भ्याक ३ बर्षदेखि १७ बर्षसम्म लगाउने मिल्ने उल्लेख छ । यस खोपको ९८ प्रतिशत प्रभावकारिता रहेको दाबि गरिएको छ ।