• २०८१ बैशाख ८ शनिबार

साफ च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै, प्रशिक्षक भन्छन्- डराएर खेल्दैनौं

kharibot

काठमाडौँ । नेपालले जारी साफ च्याम्पियन्सिपमा सुखद शुरुवात गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले र श्रीलंकालाई ३-२ गोल अन्तरले  पराजित गर्दै प्रतियोगितामा लगातार दुई खेल जितेर उत्कृष्ट शुरुवात गरेको हो ।

यसैक्रममा आज नेपालले भारतको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति ९: ४५ मा हुदै छ । खेलको एक्शन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्दै छ । 

अहिलेसम्म नेपाल २ खेलमा ६ अंकसहित शिर्ष स्थानामा रहेको छ भने बंगलादेशको ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै माल्दिभ्सको २ खेलमा ३ अंक छ र तेस्रो स्थानमा छ भने भारतको २ खेलमा २ अंक रहेको छ ।
त्यस्तै श्रीलंकाको ३ खेलमा एक अंक रहेको छ ।

प्रतियोगितामा २ खेल जितिसकेको नेपाल र २ खेलमा बराबरी खेलेर दबाबमा रहेको भारत आइतबार आमनेसामने हुँदैछन् ।

नेपालले फिफा वरियतामा १०७औ स्थानमा रहेको भारतसँग हालै दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेलेको थियो । भदौं १७ गतेको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो ।
नेपाल र भारतबीच अहिलेसम्म २१ खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने नेपालले २ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

भारतसँग डराएर खेल्दैनौं- प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले भने भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको बताएका छन् । खेलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले भारत दक्षिण एसियाको उत्कृष्ट टिम भएको भन्दै आइतबारको खेल जित्नसक्ने बताएका हुन् ।

उनले भने- ‘भोलीको खेल महत्त्वपूर्ण छ । भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो , सात पटकको विजेता हो । यू-२३ टोलीले नै उपाधि जितेको इतिहास छ । भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ , बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ ।’

भारत बलियो टोली भएपनि नेपाली टोलीले डराएर भने नखेल्ने उनले बताएका छन् । उनले भने- ‘विश्व वरीयतामा हामी भन्दा भारत निकै माथि छ । तर हामी उनीहरुसँग डराउँदैनौं । सम्मान गर्छौं । हामी जित्नका लागि प्रयास गर्नेछौं ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै