• २०८३ मङ्सिर ५ शनिबार

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

काठमाडौँ । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले सोमबार श्रीलंकाविरुद्ध ३-२ गोल अन्तरले जित हासिल गरेको हो ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष जलानले एक एक गोल गरेका हुन् ।

पहिलो हाफमा खेलको ३३औ मिनेटमा सुमनले नेपालमा शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५१औं मिनेटमा अन्जनले नेपालको अग्रता दोब्बर पारेका हुन् ।

त्यस्तै श्रीलंकाले खेलको ५७औ मिनेटमा एक गोल फर्काएको छ ।श्रीलंकाका लागि मार्भिन हामिल्टनले गोल गरेका थिए ।

त्यसपछि नेपालका लागि खेलको ८६औँ मिनेटमा आयुषले तेस्रो गोल गरेका थिए । त्यस्तै श्रीलंकाले दोस्रो गोल खेलको ९३औ मिनेटमा पेनाल्टीबाट डिलिओन डी सिल्भाले गरेका थिए । 

साफ च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले गत शुक्रबार आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो ।

योजितपछि नेपालको २ खेलमा ६ अंक भएको छ भने अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै श्रीलंकाले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।

अब नेपालले अर्को खेल असोज २४ गते भारतविरुद्ध राती ९:४५ बजे खेल्ने छ भने लिग चरणको अन्तिम खेलमा नेपालले असोज २७ गते बंगलादेशविरुद्ध  दिउँसो ४:४५ बजे खेल्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै