• २०८१ बैशाख १४ शुक्रबार

जापानका नवनियुक्त प्रधानमन्त्री किशिदाद्वारा आम निर्वाचनको तयारी

kharibot

टोकियो । जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थालेका छन् । 

उनले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् । 

उनले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गरेको जनाइएको छ । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको तयारीमा लग्नुपरेको हो । 

निर्वाचन गराउनका लागि उनले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाएको जनाइएको छ । 

प्रधानमन्त्री किशिदाका अनुसार नयाँ संसद्का लागि निर्वाचित हुन चाहने उम्मेदवारहरूले यही अक्टोबर १९ देखि मात्रै प्रचारप्रसार अभियान सुरु गर्न पाउने छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै