• २०८३ मङ्सिर ५ शनिबार

कोरोनाले औसत आयु घट्यो !

कोरोनाले औसत आयु घट्यो !

प्रतिनिधि तस्बीर

काठमाडौँ । कोरोना भाइरसका कारण औसत आयु घटेको एक अनुसन्धानले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयको एक अनुसन्धानले कोरोना महामारीले मानिसको औसत आयु दुई बर्ष २ महिना घटेको देखिएको हो ।

खासगरी अमेरिकी पुरुषको आयु २ बर्ष २ महिना घटेको देखिएको छ ।  संक्रमणको असर महिलामा पनि परेको देखिएको छ । 

त्यस्तै अनुसन्धानमा बेलायतमा ४० बर्षमा दोस्रो पटक औसत आयु घटेको छ । बेलायतमा यस्तो अवस्था दोस्रो विश्वयुद्धको बेलमा पनि देखिएको थियो । 

त्यस्तै अनुसन्धानमा १५ देशका पुरुषको औसत आयु एक बर्ष भन्दा बढीले घटेको छ भने ११ देशका महिलाको औसत आयु एक बर्ष भन्दा बढीले घटेको छ ।

ब्रिटेनको द लेसेंट डिजिटल हेल्थमा प्रकाशित भएको एक रिपोर्टका अनुसार विश्वभर पुरुषहरुमा फरक फरक लक्षण देखिएको पनि उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै