• २०८१ बैशाख १६ आइतबार

भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहले पायो मदन पुरस्कार

kharibot

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।

मदन पुरस्कार गुठीले विहिबार इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहलाई २०७७ सालको मदन पुरस्कार दिने निर्णय गरेको हो । 

२०७७ को मदन पुरस्कारका लागि गुठिले यस अघि ९ पुस्तकहरु छनोट गरेको थियो । 

छनोट भएका पुस्तकहरुमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प-ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) रहेका थिए । 

त्यस्तै गुठिले २०७७ को जगदम्बा श्रीबाट नृत्यशास्त्री भैरवबहादुर थापालाई सम्मानित गर्ने निर्णय गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय