• २०८१ बैशाख १६ आइतबार

ओलीले १२ बुँदे भत्काएर द्वन्द्व निम्त्याउन खोजे : रामकुमारी झाँक्री

kharibot

बुटवल । नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले बैदेशिक हस्तक्षप भित्राएर मुलुकलाई तहसनहस पार्न खाजेको बताएकी छन ।

बुटवलमा आयोजित नेकपा(एस)को लुम्बिनी प्रदेश कमिटि गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले एकिकृत समाजवादी एमाले विभाजन भएर निर्माण भएको नभई एमालेबाट बिद्रोह गरेर निर्माण भएको स्पष्ट पार्दै सलाईको काँटीको झिल्को जस्तै बनेर प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउन कार्यकर्ताहरुलाई आग्रह गरिन् । उनले सहकर्मी घनश्याम भुसाल सहितका पूर्व नेपाल पक्षका नेताहरुलाई लक्षित गर्दै अरूले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न नसकेको टिप्पणी गरिन् । 

एमालेका केही नेताहरुले आफुलाई चुनौती रहित नेता बताउने गरेको बताउँदै नेतृ झाक्रीले त्यस्तो सपना नदेख्न ती नेताहरुलाई चुनौती दिईन् । एकिकृत समाजवादीले ४० प्रतिशत युवाहरू अनिवार्य केन्द्रीय कमिटीमा राख्ने व्यवस्था गरेर पार्टीलाई नवजवानहरूको पार्टी बनाउन खोजिएको जिकिर गरिन् । उनले नेपालमा अग्रगामी बनाउने अभियान शुरू भएको उल्लेख गर्दै गलत प्रबृत्तिका बिरूद्ध बिद्रोह भएकाले एकिकृत समाजवादी पार्टीको भविष्य सुनिश्चित रहेको दाबी गरिन् ।

एमालेका नेताहरुले बिद्रोहमा सहभागी हुन चाहने कार्यकर्तालाई राजनीतिक भविष्य र ब्यक्तिगत भविष्यको ग्यारेन्टी बाँड्दै हिँडेको आरोप लगाउँदै भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरिन् । क्रान्तिकारी इतिहास बोकेका कार्यकर्ताहरुले चिन्ह होईन बिचार रोज्ने उनको बिश्वास छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै स्माजवादीका अर्का नेता मेटमणी चौधरीले अहिले पार्टीको आकार सानो जस्तो देखिएपनि ५-६ महिना भित्र पार्टीको वास्तविक आकार देख्न सकिने बताए । उनले जनप्रतिनिधिहरु आवरणमा आफुहरुतिर नदेखिएपनि जनताको अपार समर्थन एकिकृत समाजवादीलाई रहेको दाबी गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै