• २०८१ बैशाख १५ शनिबार

पृथ्वीको सबैभन्दा उत्तरी क्षेत्रमा फेला पर्यो नयाँ आइल्याण्ड

kharibot

काठमाडौँ । वैज्ञानिकहरुले पृथ्वीको सबैभन्दा उत्तरीक्षेत्रमा सानो आइल्याण्ड फेला पारेका छन् । हिउको थुप्रो जस्तो देखिने यो सानो आइल्याण्ड आर्कटिक क्षेत्रको उत्तरी पोलको ७०० किलोमिटरमा अमेरिका, रसिया, क्यानडा, डेनमार्क र नर्वेबीच यो क्षेत्रलाई कसले नियन्त्रण गर्ने भन्ने संघर्षका बीच नयाँ आइल्याण्ड पत्ता लागेको हो ।

जलवायु परिवर्तनका कारण हिउ पग्लिरहेको कारण यो आइल्याण्ड भेटिएको वैज्ञानिकहरुले बताएका छन् ।

ग्रीनल्याण्डको आर्कटिक रिचार्च स्टेसनका प्रमुख मोर्टन रास्चले आफुहरुले नयाँ आइल्याण्ड खोजेर भने पत्ता नलगाएको स्पष्ट गरेका छन् । हामी त्यहाँ केहि नमुना संकलनका लागि गएको उनले बताए ।

यस आइल्याण्डमा पुगेपछि बैज्ञानिकहरुले यस अघि डेनिश सर्भे टिमले १९७८ मा पत्ता लगाएको ओडाक आइल्याण्डमा पुगेको सोचेको प्रमुख मोर्टेले बताए । तर त्यसठाउको लोकेसन चेक गरेपछि उत्तरपश्चिममा आइल्याण्ड पत्ता लागेको महसुस गरेको उनले बताए ।

यस एक्सपेडिसनका फाइनान्सर रहेका लेस्टर फाउन्डेसनका क्रिस्टीयन लेस्टरले आइल्याण्ड भेटिएपछि सबै खुशी भएको बताए ।

सानो आइल्याण्ड करिब ३० मिटरको रहेको र यस आइल्याण्डलाई क्वेक्वेर्टाक अभानारलेक' नाम दिन प्रस्ताव गरिएको बताइएको छ ।

डेनमार्कको नेशनल स्पेस इन्स्टिच्युटका जियोडाइनामिकका प्रमुख रेने फोर्सबर्गले यस्ता आइल्याण्ड फेरी हराउन पनि सक्ने बताएका छन् । आइल्याण्ड समुन्द्र सतहभन्दा माथि हुनुपर्नेबताउदै यस आइल्याण्डले आइल्याण्डको मापदण्ड भने पुरा गरेको उनले बताए । साथै फोर्सबर्गले यो पृथ्वीको अहिलेको सबैभन्दा उत्तरीक्षेत्रको आइल्याण्ड भएको बताए ।

डेनमार्क सरकारका सल्लाहकार समेत रहेका फोर्सबर्गले यस्ता आइल्याण्ड आउने जाने भईरहने हुनाले डेनमार्कको दाबि नहुने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै