• २०८१ बैशाख १४ शुक्रबार

सिंगापुरमा मास्क नलगाउने ब्रिटिश नागरिकलाई ६ साताको जेल सजाय

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । सिंगापुरले कोरोना नियन्त्रण गर्न स्वास्थ्यका कडा मापदण्ड लागु गरेको छ ।

सिंगापुरको एक अदालतले एक ब्रिटिश नागरिकलाई सार्बजनिक स्थलमा मास्क नलगाएको आरोपमा ६ साताको जेल सजाय दिएको छ ।

कोरोना महामारीको बेला स्वास्थ्यका मापदण्ड पालना नगर्नेका लागि यो घटना एक सन्देश पनि भएको विश्लेषण गरिएको छ ।

स्थानीय मिडियाका अनुसार बिर्तिश नागरिक ४० बर्षिय बेन्जामिन लिनलाई अदालतले ६ साताको जेल सजाय सुनाएको हो । यी व्यक्ति लगातार सार्बजनिक ठाउमा बिना मास्क हिडेका थिए भने उनलाई पटक पटक चेतावनी समेत दिइएको थियो ।

उनलाई बुधबार प्रहरीले चार स्थानमा बिना मास्क हिडेको आरोप लगाएको थियो । 

एशियाको बिजिनेसको हब मानिने सिंगापुर कोरोनासँग सम्बन्धित स्वास्थ्य मापदण्डका बारेमा शुरु देखि नै कडा देखिएको थियो । यस अघि पनि सिंगापुरले स्वास्थ्य मापदण्ड पालना नगर्ने विदेशी नागरिकको पासपोर्ट नै रद्ध गरिदिएको थियो । यस आघ इगत फेब्रुअरीमा एक ब्रिटिश नागरिकले आफ्नी प्रेमिकालाई भेट्न क्वारेन्टाइनको नियम तोडेपछि दुइ साताको सजाय सुनाइएको थियो ।

सिंगापुरमा अहिलेसम्म केबल ६६ हजार ३६६ जनालाई कोरोना संक्रमण भएको छ भने कोरोनाबाट ४६ जनाको मृत्यु भएको छ । सिंगापुरमा अहिले एक हाजर १६९ सक्रिय संक्रमित रहेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै