• २०८३ बैशाख १६ बुधबार

सरकारले महिलाको सुरक्षामा उच्च प्राथमिकता दिन सांसद डा. डिला संग्रौलाको माग

सरकारले महिलाको सुरक्षामा उच्च प्राथमिकता दिन सांसद डा. डिला संग्रौलाको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सासंद डा. डिला संग्रौलाले महिलाको सुरक्षामा उच्च प्राथमिकता दिन माग गरेकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै डा. संग्रौलाले घरेलु हिसां, महिला विरुद्ध हिसांका घटनाहरु बढेको बताउदै  नयाँ सरकारले महिलाको सुरक्षामा उच्च प्राथमिकता दिन माग गरेकी हुन् । 

उनले प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेको बताउदै ती मध्ये करिब १० भेटिने र आधाभन्दा बढी हराइरहेका बताएकी छन् । 

सांसद डा. संग्रौलाले प्रधानमन्त्री देउबाको नेतृत्वमा नयाँ सरकार गठन भए पछि आम जनताको अपेक्षा बढेको बताउदै सरकारले कोभिड विरुद्ध खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै