• २०८१ जेठ ४ शुक्रबार

अल्जेरियन जुडो खेलाडीले किन छोडे ओलम्पिक ?

kharibot

काठमाडौँ । अल्जेरियन जुडो खेलाडी फेथी नोउरीनले ओलम्पिकबाट आफ्नो नाम फिर्ता लिएका छन् । फेथीले टोकियो ओलम्पिकमा इजरायली खेलाडीसँग खेल्नुपर्ने भएपछि आफ्नो नाम फिर्ता लिएको बताएका छन् ।

उनले इजरायलविरुद्ध आफु नखेल्ने बताउदै इजरायल नियम नभएको र आफ्नो झण्डा नभएको देश भएको आरोप लगाएका छन् ।

अल्जेरियाले इजरायललाई आधिकारिक रुपमा अहिलेसम्म मान्यता दिएको छैन । यो विषय अब ओलम्पिकसम्म पुगेको छ ।

फेथीले आफ्नो नाम फिर्ता लिएपछि अन्तर्राष्ट्रिय जुडो फेडेरेशनले शनिबार उनी र उनका प्रशिक्षक अमिर बेनिखलेफलाई अस्थायीरुपमा सस्पेन्ड गरेको छ ।

फेडेरेशनले फेथीको कदम फेडेरेशनको दर्शनभन्दा विपरित रहेको बताएको छ ।

साथै फेडेरेशनले ओलम्पिकमा कुनै पनि किसिमको राजनीतिक, धार्मिक, जातीय प्रोपोगाण्डा प्रदर्शन गर्न प्रतिबन्ध रहेको स्मरण गराएको छ ।

जुडोको टप ६४ राउण्डमा अल्जेरियाका फेथी सुडानका खेलाडीसँग परेका थिए । फेथीले सुडानका खेलाडीलाई पराजित गरेमा बाइ पाएर अन्तिम ३२ मा पुगेका इजरायलका तोहार बुटबुलसँग खेल्नुपर्ने अवस्था आएपछि उनले प्रतियोगिता नै छोडेका हुन् ।

फेथीले पहिलो पटक प्रतियोगिता छोड़का भने होइनन । उनले यस अघि २०१९ मा पनि टोकियोमै भएको विश्व च्याम्पियनसिपमा यस्तै कारणले प्रतियोगिता छोडेका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै