• २०८३ मङ्सिर ७ सोमबार

अफगानिस्तानमा तालिबानको प्रस्ताव: राष्ट्रपति गनीलाई हटाएर नयाँ सरकार गठन गरौँ

अफगानिस्तानमा तालिबानको प्रस्ताव: राष्ट्रपति गनीलाई हटाएर नयाँ सरकार गठन गरौँ

तालिवानका प्रवक्ता सुहैल शाहीन

काठमाडौँ । तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन नभएसम्म शान्ति नहुने बताएको छ ।

तालिवानका प्रवक्ता सुहैल शाहीनले समाचार एजेन्सी एपीसँग अन्तर्वार्ता दिदै अफगानिस्तानमा नयाँ सरकार गठन र राष्ट्रपति अशरफ गनीले पद छोड्दैनन तबसम्म  देशमा शान्ति स्थापित नहुने बताएका हुन् ।

प्रवक्ता शाहिनले  तालिबानको तर्फबाट आफ्नो अडान स्पष्ट गरेका छन् ।

अमेरिका र नेटो गठबन्धन सैनिकले अफगानिस्तान छोडेपछि तालिबानले अहिले अफगानिस्तानमा लगातर नियन्त्रण बढाउदै लागेको बेला तालिबानको नयाँ धारणा बाहिर आएको हो ।

प्रवक्ता शाहिनले भनेका छन्- 'जब बातचितपछि काबुलमा यस्तो सरकार बन्ने छ, जसलाई सबै पक्षले स्वीकार गर्ने छन् । र गनीको सरकार गएपछि तालिबानले आफ्नो हतियार बिसाउने छ ।'

उनले सरकारमा एकाधिकार भने नचाहेको बताउदै भने- 'मैले यो कुरा पनि स्पष्ट भन्न चाहन्छु कि हामी सत्तामा एकाधिकार चाहदैनौं । किनकी विगतमा अफगानिस्तानमा जसले सरकारको सबै शक्ति लिने प्रयास गरेका ति असफल भएका छन् ।'

उनले तालिबान पनि असफल भएको भन्दै सोहि फर्मुला फेरी दोहोराउन नचाहेको बताए ।

शाहिनले गनीले २०१९ को निर्वाचनमा समेत धाधली गरेर सत्तामा आएको बताउदै उनको सरकार देशमा शासन गर्ने अधिकार गुमाएको बताए ।
          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै