काठमाडौँ । बलिवुडमा पनि अब क्रिप्टोकरेन्सीले इन्ट्री पाएको छ । विश्वभर लोकप्रिय हुदै गरेको क्रिप्टो करेन्सीले अब बलिवुडलाई आकर्षित गर्न लागेको छ ।
चर्चित र्यापर एवं संगीतकार रफ्तार आफ्नो शो को लागि क्रिप्टो करेन्सीमा भुक्तानी लिने पहिलो बलिवुड सेलिब्रेटी बनेका छन् ।
रफ्तारले आगामी जुलाईमा क्यानडाको ओटावामा हुने एक प्राइभेट शो को भुक्तानी क्रिप्टोकरेन्सीमा लिने सम्झौता भएको जानकारी दिएका छन् ।
उनले भनेका छन्- 'म सधै ब्ल्याकचेन प्रविधिको फ्यान हुँ । मलाई सधै आश्चर्य हुने गर्दथ्यो की कलाकारहरुले अहिलेसम्म यस माध्यमलाई किन अपनाएनन् । आखिरी हामीले यसमा एउटा स्टेप लिएका छौं ।'
रफ्तारलाई क्रिप्टोकरेन्सीमा सम्झौता गराउने उनका म्यानेजर अंकित खन्नाले पनि यसको पुष्टि गर्दै भनेका छन्- संगीत क्षेत्र ब्क्याकचेनलाई अपनाउने उद्योगमा एउटा उद्योग हुने छ । अब कलाकार पनि कुनै बिचौलिया बिना सिधै जनताको बिचमा जान सक्छ । रफ्तारसँग यो नयाँ सम्झौताप्रति खुशी लागेको छ । यो वास्तवमै नयाँ पिढीको आवाज हो ।'
क्रिप्टोकरेन्सी एक किसिमको डिजिटल पैसा हो । कैयौ देशले यसलाई किनमेल र सेवाका लागि प्रयोगको अनुमति समेत दिएका छन् । यो कुनै नोट या सिक्काको रुपमा प्रिन्ट या उपलब्ध हुदैन । यसको कुनै बैंक या एटीएम पनि हुदैन । विश्वबजारमा गत अप्रिलसम्म क्रिप्टोकरेन्सीको बजार दुई ट्रीलियन डलरको भएको बताइएको छ ।









