• २०८३ मङ्सिर १ मंगलबार

माइक्रोसफ्टले नयाँ अपरेटिंग सिस्टम ल्याउदै, विन्डोज १० बन्द हुने

माइक्रोसफ्टले नयाँ अपरेटिंग सिस्टम ल्याउदै, विन्डोज १० बन्द हुने

काठमाडौँ । माइक्रोसफ्टले विन्डोज १० लाई २०२५ देखि बन्द गर्ने घोषणा गरेको छ ।

माइक्रोसफ्टले २०२५ को अक्टोबर १४ पछि विन्डोज १० को सुरक्षा बारे कुनै अपडेट नगरिने जनाएपछि अब विन्डोज १० बन्द हुने भएको हो ।

यस अघि माइक्रोसफ्टले २०२० मा विन्डोज ७ को अपडेट बन्द गरेको थियो । यद्यपी माइक्रोसफ्टले किनेर प्रयोग गरिदै आएको विन्डोज ७ प्रोफेसनल र विन्डोज ७ इन्टरप्राइजेजलाई भने अपडेट दिदै आएको छ ।

माइक्रोसफ्टले विन्डोज १० लाई जुलाई २०१५ मा अफिल पटक रिलिज गरेको थियो । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाले पर्सनल कम्युटरको अब 'न्यू इरा' शुरु हुने बताएका छन् ।

नाडेलाले यहि जुन २४ मा आयोजना गरिने भर्चुअल कार्यक्रममा नया अपरेटिंग सिस्टम लन्च गर्ने तयारी गरेका छन् । नया अपरेटिंग सिस्टमलाई यस अघि जस्तो नम्बर भन्दा कुनै नाम दिने र यो एप्पलसँग प्रतिपर्श्धा गर्ने किसिमको हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै