• २०८३ मङ्सिर ८ मंगलबार

सुपरसोनीक विमान आउदै, आवाजभन्दा तिब्र गतिमा उड्ने !

सुपरसोनीक विमान आउदै, आवाजभन्दा तिब्र गतिमा उड्ने !

सुपरसोनीक विमानको डिजिटल डिजाइन

काठमाडौँ । अमेरिकाको युनाइटेड एयरलाइन्सले १५ नयाँ सुपरसोनीक विमान किन्ने घोषणा गरेपछि यसलाई हवाई उडानमा नयाँ छलाङ मानिएको छ ।

यसलाई २०२९ सम्म संचालन गर्ने भन्दै २०२९ लाई सुपरसोनीक स्पिड टू एभियसन भन्न थालिएको छ ।

यी नयाँ सुपरसोनीक जेट अमेरिकाको डेनभरमा रहेको कम्पनि बूम ले बनाउन लागेको बताइएको छ । यो सुपरसोनिक विमानको परिक्षण उडान भने हुन अझै बाँकी रहेको छ ।

युनाइटेड एयरलाइन्सले सुरक्षा मापदण्ड पुरा गर्ने शर्तसहित विमान किने सम्झौता गरेपछि यस सुपरसोनीक विमानको चर्चा शुरु भएको छ ।

यस सुपरसोनीक विमान ध्वनिको गतिभन्दा पनि तिब्र गतिमा उड्नसक्ने बताइएको छ ।

६० हजारभन्दा माथिको अल्टिच्युटमा १०६० किलोमिटर प्रतिघण्टा देखि  १८०५ किलोमिटर प्रतिघण्टासम्म उड्ने सक्ने बताइएको छ । सामान्य यात्रु बोक्ने विमान बढीमा ९०० किलोमिटर प्रतिघण्टासम्म उड्ने गरेको पाइन्छ ।

यस सुपरसोनीक विमानको यात्राको समय हिसाब गर्दा लण्डनबाट न्युयोर्कको अहिलेको उडान समय ठिक आधा हुने बताइएको छ । निर्माता कम्पनि बूमले लण्डनदेखि न्यूयोर्कको उडान समय साढे ३ घण्टामा झार्न सक्ने र तीन घण्टा बच्ने बताएको छ ।
२००३ मा बन्द भएको कोनकोर्ड विमानको पनि उच्च गति २१८० किलोमिटर प्रतिघण्टा रहेको थियो ।

यस सुपरसोनीक विमानको चर्चा भएपनि यसका दुई मुख्य समस्या हुनसक्ने विश्लेषण नागरिक उड्डयन विशेषज्ञहरुले गरेका छन् । ति हुन प्रदुषण र साउण्ड । ध्वनि भन्दा तिब्र उड्ने विमानको अवाज कुनै विष्फोट या ठण्डर जस्तो हुनसक्ने बताइएको छ । यसै कारणले कम्पनिको नाम नै बूम राखिएको पनि बताइएको छ । बूमले यसको गतिलाई आवास क्षेत्रमा कम गर्ने र समुन्द्री क्षेत्रमा उच्च गरेगरी यसलाई नियन्त्रण गर्ने बताइएको छ ।

बूमले अन्य यात्रू विमान भन्दा बढी अवाज यस विमानको नहुने दाबि गरेको छ ।

बूमका प्रमुख कमर्सियल अफिसरले यस विमानको अर्को समस्या इन्धनको बढी खपत बताएका छन् । उनले बिबिसीसँग भनेका छन्, ' सुपरसोनीक विमानलाई धेरै उर्जा चाहिने हुनाले धेरै इन्धन चाहिने स्वाभाविक हो ।'

युनाइटेड एयरलाइन्सले यस सुपरसोनीक विमान किन्ने घोषणा गरेपछि यसको व्यापारिक भविष्य कस्तो होला भन्ने विश्लेषण हुन थालेको छ । सामान्य विमानमा विजनेस क्लासको जस्तो यसको यात्राको मुल्य हुनसक्ने अनुमान अहिले गरिएको छ । खासगरी एयरलाइन्सहरुले उच्च बर्गका व्यक्तिलाई निशाना बनाउनसक्ने बताइएको छ । कोनकोर्डको असफलतापछि सुपरसोनीकको भविष्य बारे प्रश्न उठेपनि नियमित यात्रुले टिकट लिएमा पनि यसले नाफा कमाउने विश्लेषण गरिएको छ ।

तर युनाइटेड एयरलाइन्सले अहिलेसम्म टिकटको कति मुल्य राख्छ भन्ने बारे स्पष्ट छैन । युनाइटेडले बूमसँग प्रति विमानको २०० मिलियन डलरको सम्झौता गरेको जुन अवश्य फिर्ता गरेर नाफा कमाउन चाहन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै