• २०८३ जेठ ३ आइतबार

मदन–आश्रित स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले के भने ?

मदन–आश्रित स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले के भने ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताएका छन् ।

जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने पनि जनाएका छन् ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणको अभियान निष्कर्षमा पुग्ने नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दालनलनई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गरेका छन् ।

स्मृति दिवसका अवसरमा आज एमालेको पुरानो केन्द्रीय कार्यालय रहेको स्थान मदननगर बल्खुमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलित दिने कार्यक्रम छ । कोरोना महामारीका कारण खुल्ला कार्यक्रम आयोजना गरिएको छैन । भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै