• २०८१ बैशाख १४ शुक्रबार

राहतमा कुहिएको दाल प्रकरण : धरैटीमा रिहा भएको १ वर्ष सम्म पनि कारवाही भएन

kharibot

बारा । राहतमा कुहिएको दाल बितरण गरेको अभियोगमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव र कलैया नगरपालिकाका ८ जना वडा अध्यक्ष सहिँत १३ जनालाई धरैटीमा अगिल्ले वर्षको बैशाख १० गते छुटेका थिए ।

राहतमा कुहिएको दाल बितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव सहिँत १३ जना विरुद्ध प्रहरीले कालो बजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको थियो । 

राहतमा कुहिएको दाल बितरण गरे पछि दाल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको बारा प्रहरीले गत वर्षको बैशाख १० गते सबुद प्रमाण सहिँत जिल्ला प्रशासन कार्यालय बारालाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाल यादव आइस एण्ड कोल्ड स्टोरबाट खरिद गरिएको खुलेको थियो । ०७६ चैत २९ गते बिहान कोल्ड स्टोर्स र बिभिन्न वडामा छापामारी गरेर २५ किलो र ५० किलोकाे गरि ८ सय ६६ बोरा दाल सिलबन्दी गरेको थियो । सोही दालको नमुना संकलन गरी हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा परिक्षण गराउँदा दाल गुणस्तरहिन प्रमाणित भएको थियो । 

कलैया उपमहानगरपालिकाका विभिन्न वडाले २०७३ साल देखि यादव आईस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको अवस्थाकाे दाल राहतमा बितरण गरेका थिए । वडा नं.२० बसतपुरमा पनि कुहिएको दाल बितरण गर्न थाले पछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

सिलबन्दी गरि राखिएको गुणस्तरहिन दाल प्रहरीले २५ किलो र ५० किलो गरि ८ सय ६६ बोरामा रहेको ३२ हजार ८ सय ५० किलो गुणस्तरहिन दाल बारा प्रहरीले जलाएर नष्ट गरि सकेको छ । जिल्ला प्रशासन कार्यालय बाराले माँग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर उनीहरु तारेखमा रिहा भएका हुँन् । 

पूर्व प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको इजलासले नगर प्रमुख यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनसँग २ लाख ८१ हजार धरौटी माँगेको थियो । नगर प्रमुख यादवका काकाको छोरा रोशन भनिने रविन्द्र यादव , यादव आइस एण्ड कोल्ड स्टोरका मुन्सी बच्चु दास भनिने बच्चु यादव, कृष्ण प्रसाद यादव, कलैया वडा नं.२७ का वडा अध्यक्ष रियाजुल अन्सारी, वडा नं.१ का वडा अध्यक्ष हरिओम् प्रसाद सोनार, वडा नं.७ का अध्यक्ष सैफुल्लाह मियाँ अन्सारी, वडा नं.११ का अध्यक्ष सर्व नारायण चौधरी, वडा नं.१३ का अध्यक्ष राजन प्रसाद कुर्मी, वडा नं.२६ का महेश साहसँग ६० हजार धरौटी माँग गरिएको थियो ।

बारामा त्यस घटना पछि सरुवा भई २ जना प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयमा आईसकोको भएता पनि हाल सम्म कारावाही भने हुँन सकेको छैन । बाराका प्रमुख जिल्ला अधिकारी पौडेलले हाल केहि प्रक्रियाहरु अझै बाँकी रहेको र प्रक्रिया पुरा भए पछि मात्रै तथ्य र प्रमाणका आधारमा निर्णय गरिने बताए ।

सरुवा भई आउँने सबै प्रमुख जिल्ला अधिकारीले प्रक्रियाहरु बाँकी रहेको र प्रक्रिया पुरा भए पछि मात्रै तथ्य र प्रमाणका आधारमा निर्णय गर्ने बताउँदै आए पनि हाल सम्म कुँनै कारावाही नहुँदा स्थानीयहरुले शंका व्यक्त गरेका छन् । 

स्थानीयहरुलाई बितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सरु गरेको प्रहरीले नगर प्रमुखको संलग्नता रहेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय बारामा लगिएको करिब १ वर्ष बिति सक्दा पनि कारावाही नगर्दा आर्थिक तथा राजनितिक चहलखेल भएको शंका गरेका छन् । स्थानीयले पटक पटक जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन-पत्र समेत बुझाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै