काठमाडौँ । भारतको पश्चिम बङ्गाल राज्यमा ममता बेनर्जीले तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिएकी छन् ।
हालै सम्पन्न प्रदेशको विधान सभा निर्वाचनमा शानदार जित हासिल गरेकी बेनर्जी २०११ देखि प्रदेशमा लगातार सरकारको नेतृत्व गरिरहेकी छन् । २०११ मा पश्चिम बङ्गालमा ३४ बर्षदेखि शासन गरिरहेको भारतीय कम्युनिष्ट पार्टीलाई पराजित गरेर सत्तामा आएकी थिइन् ।
राज्यको निर्वाचनमा ममताको पार्टी तृष्णमूल काँग्रेस (टीएमसी) २९४ सदस्यीय विधान सभामामा २१२ सिटमा जित हासिल गरेको छ । यस निर्वाचनमा केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टीले ७७ सिटमा जित हासिल गरेको छ ।
६६ बर्षिय ममताले आफ्नो निर्वाचन क्षेत्रमा भने बिजेपी उम्मेदवारसँग पराजित भएकी छन् । भारतको संबिधान अनुसार ममता अब ६ महिनाभित्र विधानसभाको सदस्य बन्नुपर्ने हुन्छ ।
कोरोना महामारीका कारण निकै सानो शपथग्रहण कार्यक्रम गरिएको थियो । प्रदेशमा अहिले मुख्यमन्त्रीको मात्र शपथ गरिएको छ भने मन्त्रीहरुको शपथ पछि हुने बताइएको छ ।









