• २०८३ जेठ ८ शुक्रबार

विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

प्रतिनिधी तस्वीर

सप्तरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । 

ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुहुँदै अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का वडाध्यक्ष श्रीप्रसाद यादवले आजै गाउँमा शव गाडिसकिएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै