• २०८१ जेठ ३ बिहीबार

सीसीएमसीद्वारा कोरोना प्रभावित क्षेत्रका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

kharibot

फाइल तस्बीर

काठमाडौँ । सरकारले कोरोना प्रभावित क्षेत्रका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालयहरू बन्द गर्न सिफारिस गरेको हो ।  

सीसीएमसीले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहको निर्णयअनुसार हुने निर्णय गरेको छ ।

सीसीएमसीले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गर्ने छ ।

पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहरमा १९ बर्ष मुनिमा सङ्क्रमण बढ्दै गएको देखिएपछि आम जनता र अभिभावकहरुले विद्यालय बन्द गर्न दबाब दिदै आएका थिए । 

यसअघि स्वास्थ्य मन्त्रालले बारम्बार विद्यालय बन्द गर्न सरकारलाई अनुरोध गरेको थियो । तर शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्णयको आधारमा मात्र विद्यालय बन्द गर्न र खोल्न सकिने बताएको थियो  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै