काठमाडौं । आइएमई अटोमोटिभ्सले युएमको दशैं तिहार फेस्टिभ स्किमको एक भाग्यशाली विजेता घोषणा गरेको छ ।
आइएमई ग्रुपअन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आइएमई अटोमोटिभ्स् प्रा.लिद्वारा युएममोटर साइकलको दशैँ तिहार फेस्टिभ स्किम “खरिदमा छुट पक्का, बम्पर मा छुट्टी पक्का“अफर को विजेता घोषणा गरेको हो ।
समीर श्रेष्ठ नाम गरेका व्यक्ति आईएमई अटोमोटिभ्सको भाग्यशाली विजेता घोषित भएका छन् । सोमबार विजेताको नाम सार्वजनिक गरिएको हो । साथै यु एम मोटरसाइकलले नेपालभरि लागू हुने गरी न्यु यर स्पेसल स्किम प्रत्येक युएम बाइकको खरिदमा रु. १२ हजारसम्म छुट दिने पनि घोषणा गरेको छ । यो स्किम ३१ जनवरीसम्म लागू हुनेछ ।
राजधानीमा आज कार्यक्रम गरी घोषणा गरिएको हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, फाइनान्स कन्ट्रोलर दामोदर खनाल, टु व्हीलेर डिविजन हेड उज्वल जोशीलगायतका व्यक्तिहरुको उपस्थिति थियो ।