बुटवल । प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई ब्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
प्रहरी बनाइदिने भन्दै दुई जनाबाट ६ लाख रुपैयाँ असुल्ने राप्तीसोनारी गाउँपालिका ६ बस्ने आशिष मल्ल ठकुरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।
आफुलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिम बहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन् ।
पिडितको जाहेरीका आधारमा ठकुरीलाई राप्तीसोनारीबाट ६ बाट पक्राउ गरि ल्याइएको एसपी रानाले भने ।
एसपी रानाले ठकुरीले पीडितबाट एक पटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमई मार्फत बुझेको बताए । पक्राउ परेका ठकुरीबाट पीडितको पैसा समेत असुलउपर गरि ठगी मुद्दा चलाइने एसपी रानाले बताए ।
जति सुकै ठुलो पावर लगाएपनि जसरी पनि ठकुरीलाई कारबाहीको प्रक्रिया अघि बढाइने एसपी रानाले भने । एसपी रानाले ठकुरीलाई ठगी मुद्दा चलाई एक बर्ष कैद सजायको माग राखिने बताएका छन् ।
पिडितले पटक पटक पैसा फिर्ता गर्न आग्रह गर्दा समेत ठकुरीले उल्टै धम्की दिने र पैसा फिर्ता नगरेपछि उजुरी दिएको एसपी रानाले बताए ।









