• २०८१ बैशाख १५ शनिबार

राजकुमार ह्यारी र मेगनको अन्तर्वार्ताले किन तरंगित भयो बेलायत ?

kharibot

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथका नाती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले प्रख्यात अमेरिकी टिभी होस्ट ओप्रा विनफ्रीलाई दिएको अन्तर्वातामा थुप्रै महत्वपूर्ण कुरा भनेका छन् ।

यस अन्तर्वार्तापछि बेलायतको दरबार र बेलायतको मिडिया तरंगित भएको छ । अन्तर्वार्ताको धेरै कोणबाट विश्लेषणका साथै ह्यारी र मेगनको अन्तर्वार्ता दिदाको अवस्थाको बारेमा समेत विश्लेषण भइरहेका छन् । यो अन्तर्वार्ताले दरबार भित्रका खराब कुराहरुलाई बाहिर ल्याएको समेत विश्लेषण भइरहेको छ । 

अमेरिकी समाचार च्यानल सीबीएसमा प्रसारित यस बहुचर्चित अन्तर्वार्तामा ओप्रा विनफ्रीसंग मेगनले भनिन्, 'मलाई शाही परिवारको बारेमा धेरै थाहा थिएन र मेरो श्रीमान ह्यारीले मलाई भनेका थिए, मानिसको धारणामा यो एउटा परीहरुको संसार हो तर वास्तवमा सत्य निकै भिन्न छ ।' मेगनले भनिन्, विवाहको दिन उनलाई थाहा थियो की त्यस दिन उनी र ह्यारीको लागि मात्र होइन पुरै विश्वको लागि थियो ।

मेगनको अनुसार,  'जब म महारानीसंग भेट्न पहिलो पटक जाँदै थिए तब उनी विंडसर दरवारमा थिइन् र मलाई ह्यारीले महारानी संगको भेटमा गर्नुपर्ने औपचारिकताको बारेमा सोधेका थिए । यो मेरो लागि निकै आश्चर्यजनक थियो किनभने कुनै व्युक्तिगत भेटघाटमा पनि औपचारिकता पुरा गर्नु पर्ने थियो ।'

'मैले सबै औपचारिकता सिके र महारानीसंग भेट्न गए ।'

मेगनले ओप्रा विनफ्रीलाई बताइन् कि उनले राजकुमार ह्यारी संग सार्वजनिक समारोह भन्दा तीन दिन पहिला विवाह गरेकी थिइन् । मेगनले भनिन्, 'हामीले आर्चबिशप अफ क्याटबरीसंग भनेको थियौं की समारोह, विश्वको लागि हुनेछ तर हाम्रो विवाह विश्व भन्दा अलग हाम्रो लागि हुनुपर्दछ ।'

ओप्राले प्रश्न गरिन् की के फ्लावर गर्लको कपडाको विषयमा केट मिडल्टन र मेगन मार्केलबीच केहि मतभेदले केटलाई रुवाएको थियो ?

यसको उत्तरमा मेगनले भनिन्, 'यो सनसनीखोज रिपोर्ट झुटो थियो, यसको ठिक उल्टो भएको थियो, केट फ्लावर गर्ल्सको कपडाको बारेमा खुसि थिइनन् र यस कुराले म रोएको थिए तर त्यसपछि केटले मो लागि फुल र नोट पठाएर माफी मागेकी थिइन् ।'

'म यस कुरा केटलाई टल देखाउनको लागि साझा गरेको होइन, केट राम्रो मानिस हो ।' केट मिडल्टन राजकुमार विलियमको पत्नी हुन् ।

मेगनले आफ्नो अन्तर्वार्तामा शाही परिवार र 'फर्म' को बीच भिन्नता बताएकी थिइन्, फर्म त्यस मानिस हुन् जो शाही परिवारको व्यापार संग जोडिएका छन् । मेगनले भनिन्, 'महारानीको मप्रतिको व्यवहार सधैं राम्रो रहेको छ र उनको नजिक रहन मलाई निकै मन पर्थ्यो ।' 

सन् २०१८ मा महारनीसंगको आफ्नो पहिलो सार्वजनिक उपस्थितिमा मेगनले भनिन्, 'मलाई महारानीले मोतिको सेट उपहार दिएकी थिइन् ।' शाही परिवारसंग आफ्नो अनुभवको बारेमा मेगन भन्छिन्, 'थुप्रै दिनसम्म एक्लोपन अनुभव गरेको थिए र यति धेरै मैले जीवनमा कहिले गरको थिइन, थुप्रै प्रकारको नियमले बाधिएको थिए र म साथीसंग लन्चको लागि बाहिर जान पनि सक्दिनथे ।'

उनले भनिन्, 'म ह्यारी संगपनि एक्लै अनुभव गर्न थालेकी थिए तर उनलाई थुप्रै कामले बाहिर जानुपर्ने थियो र आधारातमा एक्लो भएको अनुभव हुन्थ्यो, मलाई थुप्रै कुरा गर्ने अनुमति थिएन त्यसैले एक्लोपन बढ्दै गएको हुनसक्छ ।'  पछिल्लो वर्षको शुरुवातमा राजकुमारले उनी र पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट आफुलाई अलग गरिएको घोषणा गरेका थिए ।

अहिले दुवै निकै खुसि छन् र आर्थिक रुपले स्वतन्त्र बन्नको लागि काम गर्दैछन् । ड्यूक र डचेज अफ ससेक्सको उक्त घोषणाको बारेमा वेलायतका राजपरिवारले निकै कडा प्रतिक्रिया दिएका थिए ।

राजकुमार ह्यारी र मेगनले एक बयान जारी गर्दै दुवैले बेलायत र उत्तरी अमेरिकामा आफ्नो समय बिताउने छन् ।

'आर्चीलाई राजकुमारको उपाधि नदिने'

ओप्रा विनफ्रीले मेगन र ह्यारीलाई, उनीहरुको छोरा आर्चीलाई राजकुमारको उपाधि प्राप्त नहुने विषयमा सोधेकी थिइन् । मेघनले आफु यस कुराले आश्चर्यचकित भएको तर राजकुमारको उपाधि भन्दा पनि आर्चीको सुरक्षा महत्वपूर्ण रहेको बताएकी छिन् ।

मेगनले भनिन्, 'मलाई थाहा छ की आर्ची शाही परिवारको पहिलो गैर-गोरो नाति हो र उसलाई कहिले पनि अन्य नातिनातिनीको जस्तो स्थान दिइने छैन ।' मेगनले भनिन्, 'जब म गर्भवती थिए, तब आर्चीलाई सुरक्षा मिल्ने वा नमिल्ने भन्ने विषयमा तय भएको थियो तर त्यो भन्दा पनि चिन्ताजनक विषय थियो, उसको छालाको रंग कति कालो हुनेछ ।'

तर कसले यस चिन्ता व्यक्त गरको भन्ने कुरा मेगनले बताइनन् । ओप्राले सोधिन् कि मेगनले आफ्नो अनुभवको बारेमा जब पहिला 'अनसर्वाइवेबल' शब्दको प्रयोग गरिन् तब त्यो के थियो ।

मेगन भन्छिन्, 'म जिउँदो रहन चाहन्नथे, म यो कुरा ह्यारीलाई बताउन हिच्किचाएको थिए किन भने उनले जीवनमा धेरै गुमाएका छन्, यो डरलाग्दो विचार मेरो दिमागमा सधैं चलिरहन्थ्यो ।'

मेगनले यसको लागि 'संस्था' को सहयोगको रुपमा अनुमति मागिन् किनभने उनी कतै गएर सहयोगको अपिल गर्नसक्ने थिइन् तर उनको यस मागलाई खारेज गरियो ।'

ओप्राले उनलाई सोधिन्, के उनले आत्महत्याको सोच बनाएकी थिइन् ? यसको उत्तरमा मेगन भन्छिन्, 'हो मलाई लाग्थ्यो कि यसले सबै ठिक हुनेछ ।' 'फर्म हाम्रो बारेमा झुट कुरा फैलाइरहेको छ ।'

अन्तर्वार्तामा राजदरवारको के प्रतिक्रिया हुनेछ भन्ने प्रश्नमा मेगन भन्छिन्, 'मलाई थाहा छैन की उनीहरु कसरी अनुमान गर्दछन् कि हाम्रो बारेमा झुटो कुरा फैलाएपछि हामी चुप लागेर बस्ने छौं ।'

'अब समय आएको छ की यो तय गर्नुपर्छ सत्य बोल्नुपर्दछ तर यसले धरै कुरा गुमाउने खतरा हुन्छ, हामी पहिला नै धेरै कुरा गुमाइसकेको छौं ।'

मेगन दोश्रो पटक आमा बन्न लागेकी छिन् र अन्तर्वार्तामा ह्यारीले आफ्नो परिवारमा छोरीको जन्म हुने बताएका छन् ।

के ह्यारीले वरिष्ठ रोयल पद छोड्दा आफ्नो हजुरआमा तथा महारानी एलिजावेथलाई वेवास्ता गरेका हुन् ?

यसको जवाफमा ह्यारी भन्छन्, 'मैले कहिलेपनि आफ्न हजुरआमालाई वेवास्ता गरको छैन, उनको लागि मेरो मनमा ठुलो सम्मान छ ।' उनले भने, यस निर्णय गर्नु भन्दा पहिला उनले महारानी संग तीन पटक फोनमा कुराकानी गरेका थिए । उनले आफ्नो पिता राजकुमार चार्ल्ससँग पनि फोनमा दुई पटक कुरा गरेको बताएका छन् र त्यसपछि उनले आफ्नो फोन नै उठाउन छोडेको बताए ।

ह्यारीले भने, 'मेरो बुबाले मसंग कुरा गर्न छोडे किनभने मैले पुरै मामिला आफ्नो हातमा लिएको थिए ।' 'डर थियो कि इतिहास आफै दोहरिन लागेको थियो'

हामी थोरै समय रोकिएर आनन्दको सास लिने प्रयासमा थियौं तर लगातार एक पछि अर्को थुप्रै कुरामा अल्झिएका थियौं । मेरो सबै भन्दा ठुलो डर थियो कि इतिहास आफै दोहोरिन लागेको थियो र मलाई यो त्यहि हो भन्ने थाहा थियो ।

उनले भने, 'यस पटक जातीय पहिचानको बारेमा जोडिएको विषय थियो र सामजिक संजालमा यसको प्रभाव निकै ठुलो भइसकेको छ ।'

मेगन र ह्यारीले भने , लगातार आलोचना , प्रतिबन्ध र रोकावटको कारण उनिहरुले रोयल सिनियरको पदबाट हट्न चाहन्थे तर उनी शाही परिवारको भएको कारण सदस्य बन्न चाहन्थे तर उनको सुरक्षा छिनियो र उनको सिनियर रोयल नरहने निर्णयलाई तर्क दिइयो ।
'म दुखी छु कि मेरो परिवारले जातीय भेदभावको विरोध गरेन'

ओप्राले ह्यारी संग सोधिन्, मेगनको आत्महत्याको विचारबाट कसरी सामना गर्ने ? ह्यारीले भने, 'केहि थाहा थिएन, के गर्ने , म त्यसको लागि तयार थिइन, म आफैं एउटा अध्यारो स्थानमा पुगेको थिए ।'

ह्यारीले शाही परिवारको कसैलाई पनि यस कुरा बताएनन् किनभने त्यहाँ यस्तो कुरा केहि थिएन जसको बारेमा उनीहरु कुरा गर्न सक्ने थिए ।

उनले भने, 'म निकै लज्जित भएको थिए र त्यहाँ कोहि थिएन जो संग म आफ्नो कुरा शेयर गर्न सक्छु , परिवारमा मानिसहरुको मानसिकता यस्तो छ की, केहि यस्तै भएको थियो, जस्तो हुन्छ यस्तै हुन्छ, यसलाई परिवर्तन गर्न सकिदैन, हामी सबैको साथ यस्तो भएको छ ।'

'मेरो लागि मानिसको तुलनामा सबै भन्दा अलग मेगनको जातीय पहिचान थियो र जातीय पहिचान केवल उनको मात्र थिएन, उनी यस पहिचानको प्रतिनिधित्व गर्दछिन् ।'

'यो यस्तो मौका थियो जहाँ शाही परिवारले सार्वजनिक समर्थन देखाउन सक्थे तर सबै भन्दा दुखको कुरा भनेको, तीन वर्षमा कुनै पनि शाही परिवारको सदस्यले यस विषयमा केहि गरेन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय